20.3 C
Nepal
Saturday, September 23, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

मानव बेचबिखनको दुई मुद्दा खेपिरहेका नुवाकोटका कुमारलाई बालिका बिक्रीको समेत अभियोग

भ्रष्टाचारमानव बेचबिखनको दुई मुद्दा खेपिरहेका नुवाकोटका कुमारलाई बालिका बिक्रीको समेत अभियोग

नुवाकोट, १६ साउन ।

मानब बेचबिखन तथा ओसारपसार अभियोगमा गएको साता पक्राउ परी दुईवटा मुद्दा खेपिरहेका घ्याङफेदीका कुमार तामाङमाथि थप एक बालिकालाई भारतमा बिक्री गरेको किटानी जाहेरी परेको छ ।
दुप्चेश्वर गाउँपालिका–१ साबिक घ्याङफेदी गाविस–७ का १८ वर्षीय तामाङविरुद्ध नुवाकोटको एक बालिकालाई गत वैशाख अन्तिम साता भारतमा लगेर बिक्री गरेको भन्दै पीडित परिवारले प्रहरीमा उजुरी दिएका छन् । तामाङले फकाएर राम्रो काम लगाइदिने भन्दै वैशाख १५ गते काठमाडौँ लगेको र वैशाख अन्तिम सातादेखि बालिका सम्पर्कमा नआएपछि खोजी गर्ने क्रममा भारतमा पु¥याएको पीडित परिवारले दाबी गरेका छन् । बालिकालाई भारतको वेश्यालयमा बिक्री गरेको भन्दै तामाङविरुद्ध किटानी परेपछि आइतबार जिल्ला अदालतमा मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको नुवाकोटका प्रहरी उपरीक्षक देवबहादुर बोहराले जानकारी दिनुभयो ।
बालिकालाई भारतमा बिक्री गर्न लैजाने अन्य सहयोगीको समेत खोजी शुरु गरेको प्रहरीले जनाएको छ ।
प्रहरी हिरासत कक्षमा रहेका तामाङ यसअघि नुवाकोटको २३ वर्षीया महिला (दुई छोरीकी आमा)लाई भारतमा बिक्री गर्न लैजाँदै गर्दा अन्य तीनजना सहयोगीसहित पक्राउ परेका थिए । उनी पक्राउ परेपछि नुवाकोटका दुई महिला पनि बिक्री गरेको भन्दै पीडित परिवारले किटानी जाहेरी दिएकाले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी दुई मुद्दा यसअघि नै दर्ता भएर कारबाहीका लागि प्रहरी अनुसन्धान चलिरहेको छ ।
नुवाकोटको घ्याङफेदी र आसपासको क्षेत्रका तामाङ समुदायका बालिका तथा महिला अशिक्षित तथा बेरोजगार भएकाले गाउँकै दलालले भारतस्थित वेश्यालयमा बिक्री गर्ने अपराध लामो समयदेखि विद्यमान छ । रासस 

1.9kViews

Check out our other content

Check out other tags:

Most Popular Articles