21.5 C
Nepal
Thursday, October 5, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

भिरबाट लडेर महिलाको मृत्यु

भ्रष्टाचारभिरबाट लडेर महिलाको मृत्यु

फलेवास (पर्वत), १३ असार ।

पर्वत जिल्लाको मोदी गाउँपालिका–६ तिलाहारकी एक महिलाको भिरबाट लडेर आज दिउँसो ज्यान गएको छ ।
धान रोप्ने खेतमा गएकी स्थानीय २९ वर्षीया रिता राई विक शौच गर्नका लागि पाखोमा जाँदा अचानक चिप्लिन गई मृत्यु भएको हो । करिब सय मिटर तल खसेको र गम्भीर घाइते भएको अवस्थामा उपचारका लागि पर्वत जिल्ला अस्पतालमा ल्याउँदै गर्दा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
घटना बारेमा अनुसन्धान गर्नका लागि जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ गएको बताइएको छ । मृतक विकको शवपरीक्षणका लागि अञ्चल अस्पताल बागलुङमा पठाइएको प्रहरी निरीक्षक मधकुरजङ्ग विष्टले जानकारी दिनुभयो ।
आगलागीबाट घर जलेर नष्ट
यसैगरी, पर्वत जिल्लाको मोदी गाउँपालिका–१ भुकताङ्लेमा आगलागीबाट घर जलेर नष्ट भएको छ । गए राति १ बजेको समयमा स्थानीयवासी गङ्गाबहादुर पुनको कच्ची घरमा कुडो पकाउने क्रममा अचानक आगलागी हुन गई घर पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागी हुने बित्तिकै खटिएको प्रहरी चौकी भुकताङलेको टोलीले आगो नियन्त्रणमा लिएको थियो । आगलागीबाट घरमा रहेको १० मुरी कोदो, पाँच मुरी धान र काठपातसमेत जलेर नष्ट भएको र दुई गोरु र एकवटा भैँसीसमेत सामान्य जलेको प्रहरीले जनाएको छ । उक्त आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन । आगलागीबाट रु पाँच लाख बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ । रासस

1.2kViews

Check out our other content

Check out other tags:

Most Popular Articles