21.5 C
Nepal
Thursday, October 5, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

बाख्रा चराउन हिँडेका दुई बालिकाको पानीमा डुबेर मृत्यु

भ्रष्टाचारबाख्रा चराउन हिँडेका दुई बालिकाको पानीमा डुबेर मृत्यु

पर्सा, २ असार ।

पर्साको पटेर्वासुगौली गाउँपालिकामा आज पानीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । गाउँपालिका–४ सोनवर्षाको कंन्चनपुर गाउँमा रहेको खाल्डोमा जमेको पानीमा अपराह्न डुबेर दुवै बालिकाको मृत्यु भएको हो ।
बाख्रा चराउन घरबाट निस्किएका कन्चनपुर निवासी नारायण पासवानकी १० वर्षीया छोरी उषाकुमारी पासवान र स्थानीय दरोगा पासवानकी ९ वर्षीया छोरी राधिकाकुमारी पासवानको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
कन्चनपुर गाउँभन्दा एक किमी बाहिर सडक निर्माणका लागि खनिएको खाल्डोमा राति परेको वर्षाको पानी जमेको र सोही पानीमा दुवै बालिकाहरुको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिनुभयो । उहाँले मृतक बालिकाको शवपरीक्षणका लागि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा ल्याउने तयारी भएको बताउनुभयो । रासस

1.1kViews

Check out our other content

Check out other tags:

Most Popular Articles