17.3 C
Nepal
Thursday, October 5, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

भ्रष्टाचारबसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

उर्लाबारी (मोरङ), १४ फागुन ।

टङ्कीसिनवारी–४ स्थित कोसी राजमार्गमा आज दिउँसो बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा को१९प ७८७५ नंको मोटरसाइकल चालक सुनसरी दुहवी–भलुवा नगरपालिका–४ बस्ने अन्दाजी २८ वर्षीय राजेश चौधरी छन् । चौधरी सवार मोटरसाइकललाई विराटनगरबाट सिरहातर्फ जाँदै गरेको ना६ख ५९६६ नंको बसले २ बजेतिर ठक्कर दिएको थियो ठक्करबाट गम्भीर घाइते चौधरीको विराट नर्सिङ होममा उपचारका क्रममा अपराह्न ३ बजे मृत्यु भएको हो । बसको ठक्करबाट मोटरसाइकलको पछाडि सवार सोही ठाउँ बस्ने ३० वर्षीय अरविन्द साह भने घाइते भएकामा विराट मेडिकल कलेजमा उपचार भइरहेको छ । ठक्कर दिने बस र त्यसका चालकलाई इप्रका निमुवाले नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक मदन गिरीले जानकारी दिनुभयो । रासस

9.2kViews

Check out our other content

Check out other tags:

Most Popular Articles