21.5 C
Nepal
Thursday, October 5, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

नेत्रविक्रम चन्द ‘विप्लव’ निकट शिक्षक संगठनमा आबद्ध भएको भन्दै शिक्षक पक्राउ

भ्रष्टाचारनेत्रविक्रम चन्द ‘विप्लव’ निकट शिक्षक संगठनमा आबद्ध भएको भन्दै शिक्षक पक्राउ

फलेवास, पर्वत, ८ मंसिर (रासस) ः उत्तरी पर्वतको जलजला गाउँपालिकामा कार्यरत शिक्षकलाई जिल्ला प्रहरी कार्यालय पर्वतले बिहीबार साँझ पक्राउ गरेको छ ।

जलजला गाउँपालिका–३ माझफाँटस्थित जनजागृति प्राविका शिक्षक धनञ्जय मल्ललाई गएराति प्रहरीको टोलीले घरबाटै पक्राउ गरेको हो ।

शिक्षक धनञ्जयका भाइ शंकरजय मल्लका अनुसार मल्ललाई नेत्रविक्रम चन्द ‘विप्लव’ निकट शिक्षक संगठनमा आबद्ध भएको र आसन्न चुनावलाई असर पार्ने भन्दै गाउँबाट गिरफ्तार गरिएको बताएको छ ।

यता जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक दिलीप घिमिरे पक्राउ परेका मल्ललाई केही सार्वजनिक अपराधमा मुद्दा चलाइने बताउनुभयो । उहाँका अनुसार आगामी निर्वाचनमा सुरक्षा व्यवस्थालाई चुस्त बनाउन केही शंकास्पद व्यक्तिलाई पक्राउ गर्ने क्रममा मल्ललाई पक्राउ गरिएको हो ।

1.1kViews

Check out our other content

Check out other tags:

Most Popular Articles