17.3 C
Nepal
Thursday, October 5, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

नियम विपरीत सञ्चालित फ्रेस हाउस सिलबन्दी

भ्रष्टाचारनियम विपरीत सञ्चालित फ्रेस हाउस सिलबन्दी

काठमाडौँ, २ असार ।

नियम विपरीत सञ्चालनमा रहेको पाइएपछि कोटेश्वरमा रहेको हाम्रो फ्रेस हाउस मासु पसलमा आज सिलबन्दी गरिएको छ ।
आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले नियमित रुपमा गरेको अनुगमनका क्रममा व्यवसाय दर्ता, प्यान दर्ता, नापतौल प्रमाणीकरण नगरेको र खानका लागि अयोग्य मासु पनि बिक्रीका लागि राखेको पाएपछि अनुगमन टोलीले सिलबन्दी गरेको हो । उक्त पसललाई सात दिनभित्र दिएको निर्देशन पालना गरी विभागमा आउन निर्देशन दिइएको छ ।
अनुगमन अधिकृत ढुण्डीराज पोखरेलको संयोजकत्वमा भएको अनुगमनमा आज नै अन्य नौवटा मासु पसलको अनुगमनका क्रममा सरसफाइमा ध्यान दिन आवश्यक रहेकाले तीन दिनभित्र सफा गर्न निर्देशन दिएको छ ।
त्यसैगरी, यातायाततर्फ गौशालामा सार्वजनिक यातायातको साधनले यात्रुलाई बढी भाडा लिएकाले बढी भाडा तत्काल यात्रुलाई फिर्ता गर्न लगाइएको छ । चावहिलमा रहेको डाइनास्टिक मेडिकल सेन्टर, विवेकानन्द डेन्टल प्रालि र सुकेधारामा रहेको एरोना पोलिक्लिनिक एन्ड मेडिकल र आर्यन फार्मेसीलाई म्याद नाघेको औषधि बिक्री वितरण नगर्न र सफा गरी सञ्चालन गर्न निर्देशन दिएको छ । रासस

645Views

Check out our other content

Check out other tags:

Most Popular Articles