17.3 C
Nepal
Thursday, October 5, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

धम्की दिएको कुरा निराधार ः गच्छदार

भ्रष्टाचारधम्की दिएको कुरा निराधार ः गच्छदार

इनरुवा, ३० कात्तिक

  नेपाली काँग्रेसका नेता तथा उप्रधानमन्त्री विजयकुमार गच्छदारले नेकपा एमालेका उम्मेदवार भगवती चौधरीलाई धम्की दिएको भन्ने कुरा निराधार भएको बताउनुभएको छ ।

बिहीबार टेलिफोनमा राससकर्मीसँग मन्त्री गच्छदारले सो कुरा बताउनुभएको हो । नेपाली काँग्रेसको तर्फबाट सुनसरी क्षेत्र नं ३ बाट प्रतिनिधिसभाका उम्मेदवार रहनुभएका नेता गच्छदारले एमाले र नेकपा माओवादी केन्द्रको तर्फबाट सुनसरी क्षेत्र नं ३ बाट उम्मेदवारी दिनुभएका भगवती चौधरीलाई चुनाव प्रचारमा नखट्न धम्की दिएको भन्ने कुरा हल्ला र निराधार मात्र भएको बताउनुभयो ।

वाम गठबन्धनका उम्मेदवार भगवतीले पैसाको बलमा केही सञ्चारमाध्यममा आफूविरुद्ध झुठा हल्ला फैलाएको मन्त्री गच्छदारको भनाइ थियो ।

उपप्रधानमन्त्री गच्छदारले हल्लाको पछि नलाग्न पनि सुनसरी क्षेत्र नं ३ का मतदातासँग आग्रह गर्नुभयो ।

720Views

Check out our other content

Check out other tags:

Most Popular Articles