काठमाडौ, १४ असार ।
दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा मतदान गर्ने क्रममा छुट्छुट्टै ठाउमा गरी २ जना बृद्धको ज्यान गएको छ । मृत्यु हुनेमा झापा जिल्लाको दमक नगरपालिका–९ स्थित हिमाली टोलका ८५ वर्षीय नरेन्द्र भण्डारी र पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका वडा नं ६ का ८४ वर्षीय पूर्णचन्द्र भट्टराई रहेको त्यहास्थित प्रहरीले जनाएको छ । भण्डारी दमकस्थित सरस्वती उच्च माविको मतदान केन्द्रमा मतदानका लागि जानुभएको थियो ।
इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब निरीक्षक वीरेन्द्र कोइरालाका अनुसार मतदानका लागि नाम रुजु गरी मतपत्र लिएर मतदान गर्न जानेक्रममा अस्वस्थ भएपछि उपचारका लागि दमकस्थित लाइफलाइन अस्पताल लैजाने क्रममा बिहान ७ः४० बजे बाटोमै मृत्यु भएको हो । मृतक भण्डारी मुटु रोगी रहेको प्रहरीले जनाएको छ । यस्तै पाल्पाका भट्टराईको मतदानमा लाइन लागेकै अवस्थामा निधन जिल्ला प्रहरी कार्यलय पाल्पाले जनाएको छ । याम्घा मतदान केन्द्रमा मत दिन लाइनमा बसिरहेका बेला निधन भएका भट्टराई दमका रोगी भएको प्रहरीले जनाएको छ