20.3 C
Nepal
Saturday, September 23, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

त्रिशूलीमा खसेर एक बेपत्ता

भ्रष्टाचारत्रिशूलीमा खसेर एक बेपत्ता

रत्ननगर (चितवन), १८ असार ।

चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिन नजिकै एक व्यक्ति चिप्लिएर लड्दा त्रिशूलीमा खसेर बेपत्ता भएका छन् ।
बिवाहका लागि काठमाडौँबाट नवलपरासीको दलदले आउँदै गरेको लु१ख ९८८१ नंको गाडीमा सवार जन्तीसँगै रहेका करिब ४५ वर्षीय रञ्जन चापागार्इं सडकछेउबाट आज चिप्लिएर त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार बिहान ५ः४५ मिनेटको समयमा लडेका उनको अवस्था अज्ञान रहेको छ । जाम परेर गाडी रोकिएका बेला बाहिर निस्किएका उनी सडकछेउबाट चिप्लिएर लडेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार उनी पिसाब फेर्न लाग्दा लडेको अनुमान गरिएको छ । अहिले उनको खोजी भइरहेको प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो । घटनास्थल मुग्लिन र कुरिनटारको बीचमा पर्छ ।
यसअघि, शुक्रबार र शनिबार पनि कालीखोला नजिकै चिप्लिएर लड्दा एक जनाको पहिरोमा परेर मृत्यु भएको थियो भने अर्का एकजना बेपत्ता नै छन् । रासस 

3.1kViews

Check out our other content

Check out other tags:

Most Popular Articles