20 C
Los Angeles
Thursday, June 8, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

तीन कार्यकर्ता पक्राउ

भ्रष्टाचारतीन कार्यकर्ता पक्राउ

सिन्धुली, ४ मंसिर

नेपाल कम्युनिस्ट पार्टी (विप्लव)का तीन कार्यकर्तालाई पक्राउ गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयले विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा हरिहरपुरगढी गाउँपालिका–३ पीपलमाडीका ४० वर्षीय भक्तबहादुर विक, सुनकोशी गाउँपालिका–१ कुशेश्वर दुम्जाका ३० वर्षीय केदार माझी र हरिहरपुरगढी गाउँपालिका–२ पीपलमाडीका डोरबहादुर राई रहेको प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिनुभयो ।

आसन्न मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई शान्तिपूर्वक सम्पन्न गराउन उनीहरुलाई पक्राउ गरिएको शर्माले बताउनुभयो । विप्लवका कार्यकर्ताको गतिविधि नजिकबाट नियालिरहेको र उनीहरुलाई पक्राउ गरिने उहाँले बताउनुभयो । निर्वाचन विरोधी गतिविधि गर्ने कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिई मतदातालाई पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउँदै आएको उहाँको भनाइ छ ।

1.4kViews

Check out our other content

Check out other tags:

Most Popular Articles