21.5 C
Nepal
Thursday, October 5, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

जर्मनी शरणार्थी शिविरमा आगलागी, सैतिस घाइते

समाचारअन्तर्राष्ट्रियजर्मनी शरणार्थी शिविरमा आगलागी, सैतिस घाइते

बर्लिन (जर्मनी), २८ जेठ ।

जर्मनीको एक शरणार्थी शिविरमा आगलागी हुँदा निस्केको मुस्लोको असरले ३७ जना घाइते भएका यहाँको प्रहरीले आइतबार जनाएको छ ।
राति करिब २ः३० बजे आगलागी भएको र घटनामा परी १० बालबालिका र चार जना वयस्क व्यक्ति जलका र बेहोस भएको अवस्थामा पाँचतले भवनको पहिलो तल्लाबाट उद्धार गरिएको प्रहरी तथा अग्नी नियन्त्रकले जनाएका छन् ।
आगो नियन्त्रणमा ल्याउन ७० जना अग्नी नियन्त्रक तथा २७ वटा वारुणयन्त्रको प्रयोग गरिएको थियो ।
भवनमा रहेका अन्य तलाका पनि आगलागीपछि फैलिएको धुवाँको मुस्लोका कारण श्वास प्रश्वासमा समस्या हुँदा कोठामा अर्धचेत अवस्थामा रहेका करिब २३ जनालाई उद्धार गरी उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।
प्रहरीका अनुसार भवनमा रहेका विस्थापित करिब ५० जनालाई अन्यत्र लगिएको छ ।
आगलागी भवनको सबैभन्दा तल्लो तलामा फोहोर राख्ने भाँडोबाट सल्किएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । यसबारे प्रत्यक्षदर्शीसँग प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

8.7kViews

Check out our other content

Check out other tags:

Most Popular Articles