20.3 C
Nepal
Saturday, September 23, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

जङ्गली च्याउ खाँदा पाँच जना बिरामी

भ्रष्टाचारजङ्गली च्याउ खाँदा पाँच जना बिरामी

नुवाकोट १२ जेठ ।

नुवाकोटमा जङ्गली च्याउ खाएर मेघाङ– ३ देउरालीका पाँचजना विरामी भएका छन् । बिरामी हुनेमा वीरबहादुर तामाङ, उहाँको श्रीमती सुमित्रा तामाङ र छोरा कमला तामाङ रहेका छन् ।
सोही च्याउ खाएर छिमेकी घरका शुकुमाया तामाङ र उनको नातिनी चाँदनी तामाङ पनि बिरामी परेको देउराली प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक धनञ्जय मिश्रले जानकारी दिनुभयो ।
बिरामीमध्ये वीरबहादुर, सुमित्रा र शुकुमायाको अवस्था गम्भीर छ । उनीहरुको त्रिशूली जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि आज बिहानै थप उपचारको लागि काठमाडाँैस्थित ग्रिनसिटी अस्पताल लगिएको छ । जङ्गलबाट ल्ल्याएको च्याउ वीरबहादुरको घरमा पकाएर छिमेकीलाई समेत बाँढेर हिजो साँँझको खानासँगै खाएलगत्तै टाउको दुख्ने, बान्ता हुने र बेहोस भएपछि छिमेकीको सहयोगमा बिरामीलाई उपचारको लागि अस्पताल लागिएको हो । रासस

900Views

Check out our other content

Check out other tags:

Most Popular Articles