20.3 C
Nepal
Saturday, September 23, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

जंगलमा फेला परेको शवको पहिचान खुल्यो, हत्याको आरोपमा दुईजना पक्राउ

भ्रष्टाचारजंगलमा फेला परेको शवको पहिचान खुल्यो, हत्याको आरोपमा दुईजना पक्राउ

महोत्तरी, १५ साउन ।

गत साउन १० गते गौशाला नगरपालिका–८ स्थित सागरनाथ जंगलमा किरा लागेर दुर्गन्धित भई बेवारिसे अवस्थामा मृत फेला परेकी एक २२ वर्षीया महिलाको पहिचान खुलेको छ । बीच जंगलको खोल्सीमा मृतावस्थामा फेला परेको सो महिला गौशाला नगरपालिका–२ की विक्रम महतोकी श्रीमती सन्तोलियाकुमारी महतो रहेको प्रहरीले जनाएको छ ।
गत साउन ७ गते मृतक सन्तोलियालाई उनकै बुबा शिवजी महतो र दाजु विनोदकुमार महतोले मुख थुनेर घाँटीमा सलको पासो लगाई हत्या गरी सोही जंगलको एक खोल्सीमा फालेको प्रहरी अनुसन्धानका क्रममा खुलासा भएको छ । सर्लाही हरिवन नगरपालिका–५ माइती रहेको मृतककी श्रीमान् विगत केही दिन वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत रहेका छन् ।
श्रीमान् घरमा नरहेको समयमा सन्तोलियाले बाहिर अनैतिक सम्बन्ध स्थापित गर्दै आएको र सो सम्बन्धमा परिवारले जति सम्झाउँदा पनि नमानेपछि दाजु र बुबाले नै हत्या गरेको प्रहरीले पाँच दिनको लामो अनुसन्धानपछि पत्ता लगाएकोे प्रहरी नायब उपरीक्षक दिपक पोखरेलले बताउनुभयो ।
हरिवन नगरपालिका–५ माइती घर भएकी सन्तोलिया कुमारीको विवाह समाजिक परम्पराअनुसार २०६९ सालमा गौशाला नगरपालिका–२ का विक्रम महतोसँग भएको थियो । मृतकको शव दाहसंस्कारका लागि परिवारको जिम्मा लगाइएको छ भने मृतकको बुबा शिवजी महतो र दाजु विनोदकुमार महतोलाई शनिबार इलाका प्रहरी कार्यालय गौशालाले नियन्त्रणमा लिएका छन् ।
दुवै जनालाई जिल्ला अदालत महोत्तरीबाट म्याद थप गरी हिरासतमा राखेर घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । सन्तोलियाको शव साउन १० गते बीच जंगलमा किरा परेको र सडेको अवस्थामा फेला परेको थियो । रासस 

885Views

Check out our other content

Check out other tags:

Most Popular Articles