20.3 C
Nepal
Saturday, September 23, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

छयासी लाख ठगी रकमसहित छ जना पक्राउ

भ्रष्टाचारछयासी लाख ठगी रकमसहित छ जना पक्राउ

विराटनगर, १ मंसिर 

प्रहरीले ठगी गरेको आरोपमा एक जना भारतीयसहित छ जनालाई रु ८६ लाख रकमसहित पक्राउ गरी यहाँ आज सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले आज पत्रकार सम्मेलनको आयोजना गरी मोबाइलमा चिठ्ठा परेको भन्दै विभिन्न जिल्लाका मानिसलाई ठगी गरेको आरोपमा सुनसरी दुहबी नगरपालिका– ६ बस्ने २९ वर्षीय बलराम विश्वास, विराटनगर महानगरपालिका– ७ बस्ने ५५ वर्षीय अनुपचन्द सेठिया, सोही स्थानका ४० वर्षीय ललित सेठिया, सोही स्थानका ३४ वर्षीय विमलकुमार चिरानिया, २७ वर्षीय श्रवणकुमार साह र भारत दरभंगा सुन्दरपर–२ बस्ने ३७ वर्षीय पंकज कर्णलाई विराटनगर– ७ स्थित सेठियाको कार्यालयको कोठाबाट नगद रु ८६ लाख ५९ हजार ३४५, भारतीय रु एक हजार, चाँदीको टुक्रा चार थान, चाँदीको सिक्का दुई थान र मोबाइल छ थान र अन्य कागजागतसहित बिहीबार पक्राउ गरिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक अरुणकुमार बिसीले निजले पर्वत देउपुर गाउँपालिका–२ बस्ने ४२ वर्षीया संगीताकुमार गुरुङ र धरान उपमहानगरपालिका– १५ बस्ने ६३ वर्षीय लालबहादुर मगरलाई पाकिस्तानबाट फोन गरी रु ४० लाख चिठ्ठा परेको छ भन्दै पटकपटक गरी रु चार लाख ५३ हजार, बुटवल, सुनसरीको इटहरी, मोरङको विराटनगरमा रकम आइएमइ गरी पठाउन लगाएको पुनःथप रकम माग्ने क्रममा शंका लागी प्रहरीलाई खबर गरी पक्राउ गरिएको हो ।

निजले मोबाइलमा चिठ्ठाको तस्वीर पठाइ भारतको मुम्बइको नम्बरमा फोन गर्न लगाइ नेपालको विभिन्न जिल्लामा रहेको आइएमइ केन्द्रमा माग भएअनुसारको रकम पठाउन लगाउने र सो रकमपछि विदेशमा हुण्डीमार्फत पठाउने गरिएको प्रहरीले जनाएको छ ।

निज छ जनालाई आजै अदालतबाट ठगी मुद्दामा आवश्यक अनुसन्धानका लागि सात दिनको म्याद गरिएको जानकारी दिनुभयो ।

निजबाट ठगिएका अन्य व्यक्ति आउनेक्रम जारी रहेको थप अनुसन्धानका लागि विशेषज्ञको टोली प्रहरी केन्द्रीय कार्यालयबाट माग गरिएको प्रहरी उपरीक्षक बिसीले पत्रकारलाई बताउनुभयो ।

1.1kViews

Check out our other content

Check out other tags:

Most Popular Articles