18 C
Nepal
Wednesday, October 4, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

घाइतेको हेलिकप्टरबाट उद्धार

भ्रष्टाचारघाइतेको हेलिकप्टरबाट उद्धार

बागलुङ, ९ साउन ।

जिल्लाको बढीगाड गाउँपालिका–५ मा भएको जिप दुर्घटनाका गम्भीर घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको छ ।
यहाँ उपचार हुन नसकेपछि उनीहरुलाई हेलिकप्टरबाट उद्धार गरी काठमाडौँ पठाइएको बागलुङका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताउनुभयो । प्रजिअ तिवारीका अनुसार सम्भवत घाइतेको उपचार ‘ट्रमा सेन्टर’ मा हुनेछ ।
उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ पठाएका गम्भीर घाइतेहरुमा बढीगाड गाउँपालिका–८ का भीमबहादुर सेरबुजा, टेकबहादुर पाइजा, दीपशिखा पाइजा, बालमति पाइजा, दिनेश पाइजा र भीमबहादुर सेरबुजा रहेका छन् ।
घाइतेको तत्काल उद्धार र उपचारका लागि जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयमार्फत हेलिकप्टर ल्याउन पहल गरेको थियो ।
जलजलाबाट ग्वालीचौरतर्फ आउँदै गरेको ध १ ज १८४ नम्बरको जिप बादीप भन्ने ठाउँमा आज बिहान दुर्घटना हुँदा चालक बढीगाड गाउँपालिका–४ का २७ वर्षीय तुलबहादुर पुन, सोही ठाउँका ३९ वर्षीय हरमन काउचा, वडा नं ८ का ३६ वर्षीय नारायण सेरबुजा र वडा नं ५ का ६० वर्षीय मुक्तबहादुर पाइजाको घटनास्थलमै मृत्यु भएको थियो ।

1.8kViews

Check out our other content

Check out other tags:

Most Popular Articles