17.3 C
Nepal
Thursday, October 5, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

गोसाइँकुण्डमा यात्रुको निधन

भ्रष्टाचारगोसाइँकुण्डमा यात्रुको निधन

रसुवा, १२ जेठ ।

गङ्गादशहरा पर्वमा तीर्थ गर्न गोसाइँकुण्ड पुगेका एक यात्रुको आज बिहान निधन भएको छ ।
प्रहरी प्रमुख फणिन्द्र प्रसाईंका अनुसार निधन हुनेमा काठमाडौँ चन्द्रागिरि नगरपालिका–१४ नैकापस्थित कार्की टोलकी ४० वर्षीया रोजीना कार्की हुनुहुन्छ । उहाँ आफन्तजनसँग तीन दिनअगाडि तीर्थ गर्न जानुभएको थियो ।
पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्ने क्रममा उहाँको नीलकण्ठ दहमा डुबेर निधन भएको थियो । शव दहबाट बाहिर निकाल्न आवश्यक सामग्रीसहित प्रहरी खटाइएको प्रहरी प्रमख प्रसाईंले बताउनुभयो ।
कुण्डमा रहेको शव बाहिर निकाल्ने मद्दतका लागि आफ्नो मातहतमा रहेको चन्दनबारी ढिम्सापोष्टबाट नेपाली सेना गोसाइँकुण्डतर्फ पठाइसकिएको नेपाली सेना नारायण दल गण धुन्चेले जनाएको छ ।
आजदेखि सुरु भएको गोसाइँकुण्ड मेला २१ गतेसम्म चल्ने, गङ्गादशहरा पर्वको पहिलो दिन सयौँ यात्रुले कुण्डमा स्नान गरेको र भक्तजनको ओहरदोहर भइरहेको स्थानीय होटल व्यवसायीले बताएका छन् । रासस

1.0kViews

Check out our other content

Check out other tags:

Most Popular Articles