20.3 C
Nepal
Saturday, September 23, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

गरिबको दुःख बुझ्नेलाई भोट

भ्रष्टाचारगरिबको दुःख बुझ्नेलाई भोट

पाल्पा, १४ मंसिर

रिब्दीकोट गाउँपालिकास्थित कुसुमखोलाका मतदाताले यसपालिको निर्वाचनमा गरीबको दुःख बुझ्ने उम्मेदवारलाई मात्र भोट हाल्ने भएका छन् ।

जितेर नेताहरु गाउँ नै नआएपछि यसपालिको निर्वाचनमा दुःख सुखमा साथ दिने नेतालाई मात्र भोट हाल्ने योजनामा दलित तथा विपन्न समुदाय पुगेका हुन् । हामीले भोट हालेर जितेपछि हाम्रो बस्तीमा नेताले विकास बजेट नपारेको र काम खोज्दै विदेश जान बाध्य बनाएकोमा उनीहरु दुःखी छन् । दलित बस्तीमा अझै शिक्षा, स्वास्थ्य, रोजगारी, खानेपानी, सडकलगायतका क्षेत्रमा पहुँच पुग्न सकेको छैन ।

“चुनाव आएपछि नेताहरु घरमा नमस्कार गर्दै साइनो लगाउँछन्, दलित बस्तीमा आउने गरे पनि चुनाव सकिपछि मुख समेत हेर्दैनन्,” ५९ वर्षीय स्थानीय बासिन्दा रनविर विश्वकर्माले भन्नुभयो । काम नगरी खान नै छैन, चुनाव त हामीहरुलाई लागेको छैन, बाँसका चोया बनाउँदै उहाँले भन्नुभयो, “भोट दिन्छाँै, हामीलाई विकास पनि चाहियो ।”

कुसुमखोलाको माराबाँसका १३ घर परिवार विश्वकर्मा बस्तीले नेतालाई पटकपटक जिताएपछि गाउँमा कहिले पनि आफ्ना समस्या बुझ्न नआएकोमा मतदाताको मन खिन्न छ ।

स्थानीय बासिन्दा पदम विश्वकर्माले भोट दिए पनि कुर्चीमा पुगेपछि हाम्रा समस्या जहाँका त्यही हुने भए भोट हाल्नुको अर्थ नै छैन । दिनभर हिँडेर बाँसका सामान बेच्न बाध्य यहाँका दलित समुदायलाई जीविकोपार्जनको प्रमुख समस्या रहेको छ ।

संविधानसभा निर्वाचन २०७० मा नेपाली काँग्रेसका हरिप्रसाद नेपाल र २०६४ को निर्वाचनमा नेकपा (एमाले)का कुलप्रसाद नेपाल यस क्षेत्रबाट जिते पनि दलित र गरीब बस्तीमा विकासको उज्यालो आउन नसक्दा दल र नेताप्रति उनीको हेराइ सकारात्मक हुन सकेको छैन ।

सांसद तथा सभासद्ले सांसद विकास कोष र निर्वाचन क्षेत्र विकासका कार्यक्रम विपन्न गरिब दलित बस्तीका आधारभूत समस्या समाधान केन्द्रित हुन नसक्दा समस्या झनै बल्झिएका छन् ।

735Views

Check out our other content

Check out other tags:

Most Popular Articles