17.3 C
Nepal
Thursday, October 5, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

आम सञ्चारमाध्यममा ४८ आचारसंहिता उल्लंघनका घटना

क्राइमआम सञ्चारमाध्यममा ४८ आचारसंहिता उल्लंघनका घटना

काठमाडौँ, ९ मंसिर

प्रेस काउन्सिल नेपालले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मौन अवधि शुरु भएदेखि हालसम्म आम सञ्चारमाध्यममा ४८ आचारसंहिता उल्लंघनका घटना भएको जनाएको छ ।

काउन्सिलका अनुसार विभिन्न २४ वटा आम सञ्चारमाध्यममा ४८ वटा आचारसंहिता उल्लंघनका घटना पाइएका छन् । तीमध्ये ११ वटा छापामा २४, तीनवटा रेडियोमा चार÷चार वटा, टेलिभिजमा पाँच र छ वटा अनलाइनमा १५ वटा घटना देखिएका छन् ।

यी आम सञ्चारमाध्यमले मौन अवधिमा राजनीतिक दल तथा उम्मेदवारका चुनावी सार्वजनिक कार्यक्रमको प्रचारप्रसार तथा विज्ञापन सम्प्रेषण गरेको पाइएको छ । आचारसंहिता प्रतिकूलका सामग्री सम्प्रेषण गरेकाले यी सबै आम सञ्चारमाध्यमलाई पत्रकार तथा निर्वाचन आचारसंहिता पालनामा सचेत रहन तत्कालै पत्राचार गरिएको काउन्सिलका सूचना अधिकारी दीपक खनालले जानकारी दिनुभयो ।

मौन अवधि शुरु हुनुअघिसम्म विभिन्न ५४ वटा आम सञ्चारमाध्यममा यस्तै उल्लंघनका ११३ वटा घटना देखिएका थिए, जसमा २४ वटा छापामा ३४ वटा, १८ वटा रेडियोमा ३२, सातवटा टेलिभिजमा २७ र पाँचवटा अनलाइनमा २० वटा घटना पाइएका थिए ।

1.1kViews

Check out our other content

Check out other tags:

Most Popular Articles