21.5 C
Nepal
Thursday, October 5, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

अख्तियारद्वारा तीन हजार २०० भन्दा बढी मुद्दा फछ्र्यौट

भ्रष्टाचारअख्तियारद्वारा तीन हजार २०० भन्दा बढी मुद्दा फछ्र्यौट

भीमदत्तनगर, २३ मंसिर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले हालसम्म आयोगमा परेको उजुरीमध्ये तीन हजार २१६ उजुरी फछ्र्यौट गरेको जनाएको छ ।

आज कञ्चनपुरको भीमदत्तनगरस्थित आयोगको कार्यालयमा भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित अन्र्तक्रिया कार्यक्रममा आयोगले प्रदेश नं. ७ का छ जिल्लाबाट हालसम्म परेका तीन हजार ६४६ उजुरीमध्ये तीन हजार २१६ उजुरी फछ्र्यौट भइसकेको जनाएको छ ।

आयोगका तर्फबाट प्रतिवेदन प्रस्तुत गर्दै कार्यालयका शाखा अधिकृत हरिषचन्द्र जोशीले अख्तियारमा शिक्षा, स्वास्थ्य, वनलगायत विभिन्न क्षेत्रका उजरी आइरहेको जानकारी दिनुभयो । आर्थिक वर्ष २०७० सालयता हालसम्म आयोगमा उजुरी परेकामध्ये ४३० वटा उजुरीमाथि अनुसन्धान भइरहेको शाखा अधिकृत जोशीले जानकारी दिनुभयो ।

त्यसैगरी अख्तियारले हालसम्म रु एक अर्ब २९ लाख ५५ हजार असुलउपुर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

6.0kViews

Check out our other content

Check out other tags:

Most Popular Articles