विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

वार्षिकोत्सवमा अनाथालयलाई कम्प्यूटर

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मंगलबारे, इलाम, १८ जेठ – गुराँस लाइफ इन्स्युरेन्स, शाखा कार्यालय, इलामले बिहीबार इलाम नगरपालिका–९ मा रहेको राहसल बाल अनाथालयलाई एक थान कम्प्यूटर हस्तान्तरण गरेको छ । शाखाले कम्पनीको १०औँ वार्षिकोत्सवको अवसरमा कम्प्यूटर हस्तान्तरण गरेको हो ।

अनाथालयकै परिसरमा भएको कार्यक्रममा जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बराल, इलाम उद्योग वाणिज्य संघ, इलामका अध्यक्ष आनन्द कट्टेललगायतले कम्प्यूटर अनाथालयका संस्थापक अध्यक्ष राजेन्द्र चौहानलाई हस्तान्तरण गर्नुभयो ।

सोही कार्यक्रममा सन्दकपुर गाउँपालिका–४ का बिमित मृतक गणेशकुमार राईका परिवारलाई समेत मृत्यु दाबी रकम हस्तान्तरण गरिएको थियो । रु पाँच लाखको बीमा गरी रु ३८ हजार जम्मा गरेका राईका परिवारलाई कम्पनीले नगद रु १० लाखको चेक प्रदान गरेको थियो ।

कार्यक्रममा समन्वय समिति इलामका प्रमुख बराल, वाणिज्य संघका अध्यक्ष कट्टेल, नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेशका उपाध्यक्ष सोम सुसेली, अनाथालयका अध्यक्ष चौहान, कोषाध्यक्ष रतन चौधरी, नगरपालिका–५ का अध्यक्ष ठाकुर श्रेष्ठलगायतले प्रविधिको विकाससँगै बालबालिकाको क्षमता अभिवृद्धिमा सहयोग पु¥याउने हेतुले कम्प्यूटर प्रदान गरेकोमा कम्पनीलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।

कम्पनीको इलाम शाखा प्रमुख अर्जुन पोख्रेलले आगामी दिनमा समेत यस्ता सहयोग गर्दै जाने बताउनुभयो । उहाँले गुराँस लाइफ इन्स्युरेन्सले ल्याएका नयाँ तथा पुराना बीमा पोलिसीका बारेमा समेत चर्चा गर्नुभयो ।

गुराँस लाइफको इलाम शाखा नेपालकै सबैभन्दा बढी व्यापार गर्ने शाखाका रुपमा पुरस्कृत भइसकेको छ । सोही कम्पनीकी एजेन्सी मेनेजेर रीता राईले आफ्नो जन्म दिनको अवसरमा राहसलमा रहेका बालबालिकाको शिक्षाका लागि नगद रु पाँच हजार प्रदान गर्नुभयो । अनाथालयमा १३ बालबालिका रहेका छन् ।रासस

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया
Loading...
Subscribe to our newsletter
Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time