विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

सिएमसी चितवन प्रिमियर लिगको तयारी अन्तिम चरणमा

  • 4
  •  
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares

१५ माघ । भरतपुरमा ‘चितवन प्रिमियर लिग टी–२०’ क्रिकेट प्रतियोगिता हुने भएको छ ।माघ १७ गतेदेखि २५ गतेसम्म चल्ने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुुगेको आयोजकले जनाएको छ ।

नारायणी एडर्भटाइजिङ एण्ड इभेन्ट्सको आयोजना र चितवन क्रिकेट संघको सह आयोजनामा हुन लागेको  प्रतियोगिता निर्माणाधीन गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको प्रचारप्रसार तथा प्रर्बधन गर्ने उद्धेश्यले  गर्न लागिएको हो ।

नारायणगढको क्याम्पाचौरमा पहिलोपटक गर्न लागिएको चितवन प्रिमियर लिगमा चितवनका पाँच वटा टिमको सहभागिता रहेको छ । जसमा भरतपुर गुर्खाज, माडी टाइगर्स, इच्छाकामना वारियर्स, सौराहा स्याण्ड्स र राप्ती र्यापिड्स रहेका छन् । लिग विजेताले २ लाख रुपैयाँ, ट्रफी, मेडल र उपविजेताले एक लाख रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्नेछन् ।

प्रतियोगिताको टाइटल स्पोन्सरमा चितवन मेडिकल कलेज रहेको छ भने स्पोन्सरको रुपमा टेस्ला एयर कण्डिसन, एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस प्रा.लि.चितवन रहेको छ । त्यस्तै प्रतियोगिताको को–स्पोन्सरको रुपमा सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ सेन्टर रहेको छ ।


  • 4
  •  
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares
प्रतिक्रिया
Loading...