विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

सरकार चीन भ्रमणको तयारीमा :परराष्ट्रमन्त्री चीन जाँदै

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणबाट फर्किएलगत्तै सरकारले अर्को छिमेकी मुलुक चीन भ्रमणको गृहकार्य अघि बढाएको छ ।

भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आगामी साता चीन भ्रमणमा जाँदै छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री ज्ञवालीको आगामी सोमबार चीन जाने तयारी छ । आजको नेपाल समाचारपत्रले पहिलो पृष्ठमा समाचार छापेको छ ।

दुवै मुलुकबीच विगतमा भएका सहमति सम्झौता कार्यान्वयनमा भएका प्रगति र प्रयासको समीक्षा गर्न र उच्चस्तरीय भ्रमणको तयारीका लागि उनी बेइजिङ जाने तयारीमा जुटेका हुन् ।

चिनीयाँ समकक्षी वाङ यीको निमन्त्रणामा मन्त्री ज्ञवाली चीन भ्रमणको तयारीमा जुटेका हुन् ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया
Loading...