कम्प्युटर एशोसिएसन नेपालले प्राविधिक शिक्षाका विद्यार्थीहरूलार्इ छात्रवृति दीने

0 Shares

सुचना तथा संचार प्रविधीको क्षेत्रमा काम गर्दै आएको कम्प्युटर एशोसिएसन नेपाल महासंघ र सुचना तथा प्रविधी विषयमा अध्यापन गराउने लर्ड बुद्ध कलेजले संयुक्त रुपमा यसै बर्ष देखी प्राविधिक शिक्षा तर्फ छात्रवृतिको शुरुवात गरेको छ ।

नेसनल आइसीटी स्कलरसिप २०७५ का माध्यमबाट देशका सातै प्रदेशका विद्यार्थीहरुले समान अवसर पाउने गरी प्रत्येक प्रदेशबाट एक जना छात्रालाई पुर्ण छात्रवृति र बाँकी ४२ जनालाई आंशिक छात्रवृति प्रदान गरिने कम्प्युटर एशोसिएसन नेपाल क्यानले जानकारी दियो ।

क्यान महासंघका अध्यक्ष हेमन्त चौरसियाले ग्रामिण क्षेत्रमा समेत सुचना प्रविधीको विकास र सबै नागरिकमा यसको पहुच पु्याउन यस कार्यले टेवा पुग्ने विश्वास लिएको बताए । उनले आर्थिक अवस्था कमजोर भएका दुर्गम क्षेत्रका विद्यार्थीहरु सुचना प्रविधीको शिक्षा बाट बन्चित नहोउन भन्ने उद्देश्यले यो कार्यक्रम आगाडी बढाएको बताए । छात्रवृति प्रदान गर्ने सम्बन्धी आज क्यान महासंघका तर्फबाट अध्यक्ष हेमन्त चौरसिया र लर्ड बुद्ध एजुकेशन फाउन्डेशनका तर्फबाट फाउन्डेशनका अध्यक्ष पंकज जलानले हस्ताक्षर गरे ।

फिमेल मेरिट स्कलसिप प्रत्येक प्रदेशबाट ४ जनाका दरले २८ जना छात्रालाई प्रदान गरिनेछ भने आइसिटी मेरिट स्कलरशिप प्रत्येक प्रदेशबाट ३ जनाका दरले २१ जनालाई प्रदान गरिनेछ । सम्झौता अनुशार ४९ जना विद्यार्थीले १ करोड ८३ लाख ३६ हजार ५ सय रुपैँया बरावरको छात्रवृति पाउनेछन् ।

 

 

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

0 Shares

प्रतिक्रिया दिनुहोस

comment