‘जनमतसंग्रह हुन सक्दैन’ : गृहमन्त्री थापा

भैरहवा, २७ फागुन । गृहमन्त्री रामबहादुर थापा बादलले राष्ट्र निखण्डन गर्ने विषयमा जनमतसंग्रह हुन नसक्ने बताएका छन् ।

आइतबार जारी प्रदेशस्तरीय सुरक्षा समीक्षा बैठकमा भाग लिन भैरहवा पुगेका मन्त्री थापाले सिके राउतका कार्यकर्ताले जनकपुरलगायतका क्षेत्रमा लगाएको स्वतन्त्र मधेसको नारा र अलग सुरक्षा दस्ता उनीहरुको बिदाइको क्षण भएको बताएका हुन ।

बादले भने, ‘यतिका वर्ष गरेको आन्दोलनको अन्तिम क्षणलाई उनीहरुले प्रदर्शन गरेका हुन् ।’ अब उप्रान्त त्यस्तो नहुने पनि उनको भनाइ छ ।

यस्तै गृहमन्त्री थापाले राउत समूह राष्ट्रिय राजनीति नेपालको संविधान र कानुनको अधीनमा आएको बताए । उनले देशको बिखण्डन गर्ने नारा लगाउने छुट कसैलाई पनि नहुने बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time