Thursday, October 1, 2020

ब्रह्माको मुर्ति किन स्थापना र पुजा हुदैन ?

प्रताप सूवेदी

सृष्टिकर्ता ब्राम्हा जसको न मन्दिर नै छ न मुर्ति नै पुजा हुन्छ । अरु देवताको मुर्ती सबै गल्लीगल्लि मा भट्दछौ तर जसले यो संसारका रचना गर्नुभयो उसको न हामि मुर्ति नै स्थापना गर्छौ न पुजा नै ! यो एउटा आश्चर्यको कुरा हो ।

शिवपुराण अनुसार एक समयको कुरा हो , विष्णु र ब्रम्हामा म ठूलो कि त ठूलो भन्ने विवाद चलि रहदा विवाद टुङ्गाउन विष्णु र ब्रम्हा शिव लाई भेट्न कैलास जानु भयो । यसको समाधानको लागी शिव ले एक ज्योति लिङ्ग तयार गर्नु भयो त्यो लिङ्ग न टुप्पो न फेदको छुट्टाउन नसकिने थियो ।

ब्रम्हा टुप्पो भए तिर चढ्नु भयो भने विष्णु फेद तिर झर्नु भयो तर दुवैले त्यो लिङ्गको फेद टुप्पो पत्ता लगाउन सक्नु भएन र फेरी शिव भए तिर फर्कन लाग्नु भयो। तल झर्न क्रममा ब्रह्माले केतकी (Pandanus) फूललाई भेट्नु भयो र त्यो फुललाई भन्न लाग्नु भयो हे ! ” केतकी म तिमीलाई फुलको राजा बनाउँला मैले यो लिङ्गको टुप्पो पत्ता लगाए छु भन्नु ल” भनेर बाचा गर्नु भयो ।

फेरी तल झर्दै गर्दा गाईलाई भेट्नु भयो र गाईलाई पनि साक्षी बनाएर आउनु भयो । बिचमा ब्रम्हा र विष्णुको भेट भयो । ब्रम्हाले ज्योति लिङ्गको टुप्पो मैले पत्ता लगाए । मेरो साक्षी केतकि र गाई छन् भनी झुट बोल्न लाग्नु भयो । झुट बोलेको सुनेर शिवजी झट्ट आएर भन्न लाग्नु भयो, ” हे पुजनिय ब्रम्हा ! तपाईले झुट बोल्दै हुनुहुन्छ । यस्तो पुजनिय ले झुट बोलेको सुहाउदैन त्यसैले धर्ती लोकमा तिम्रो मुर्ति स्थापना र मुर्ति पुज्ने छैनन् , साथै तिम्रो यि साक्षी केतकि कुनै कार्यमा फूल चढ्ने छैन भने गाईको मुख अशुध्द हुने छ ।”  यसरी भगवाले क्रोधमा ब्रम्हालाई यति भनेपछि ब्रम्हाले माफि माग्नु भयो र ल ठिक छ उसो भए एक ठाउँमा तिम्रो मन्दिर र पुजा हुने छ भन्नुभयो । हाल भारत राजस्थानको पुष्करमा ब्रम्हाको मन्दिर छ ।

यो विश्वमा ब्रह्माजी को एक मात्र प्राचीन मंदिर हो । भागवत गिताको ३/१५ पंक्तिमा “ब्रम्हा नित्यं यज्ञ प्रतिष्ठितां ” ब्रम्मा यज्ञमा मात्र प्रतिष्ठित हुने भएकाले पनि मुर्तिमा पुजन् नभएको मान्नयता पाउन सकिन्छ । पद्मपुराण अनुसार एक पटक भूलोकको कल्याणको लागी ब्रह्माले आफ्नु पत्नि सावित्री सहित यज्ञ गर्न लाग्दा स्वर्गबाट सावित्री भूलोक आउन समय लगाए पछि यज्ञको मुहुर्त बित्न लाग्दा ब्रम्हाले गायत्री नामकि देवी रचना गरी यज्ञ गर्न थाले केहि समय पछि सावित्री त्यहाँ आइपुगीन् र यज्ञमा गायत्रीलाई देखेपछि क्रोधित भइन् । रिसाएर उनले ब्रह्माजी लाई श्राप दिदै भन्न लागीन हे ब्रम्हा यस पृथ्वीमा तपाईको पूजा गर्ने छैन। यदि कसैले मुर्ति बनाए र पुजा गर्दछ भने त्यो भस्म हुने छ भन्ने पत्निको श्राप पाएको कारण पनि पुजा नभएको भन्ने मान्यता छ ।

रिस कम भएपछि सावित्री पुष्करको नजिकको पहाडमा गए र तपस्यामा लीन भएर त्यहाँ बसीन् । मान्यता अनुसार आज पनि देवी यहाँ बस्छिन् र आफ्ना भक्तहरूको कल्याण गर्छिन् । कार्तिक शुक्ल एकादशीबाट पूर्णीमा पाँच दिन आज पनि यस स्थानमा यज्ञ र मेला त्यहाँ लाग्दछ ।

 

लेखक संस्कृत भाषा र पुर्विय साहित्यको ज्ञाता हुनुहुन्छ ।

  • 667
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    667
    Shares
विश्वास संवाददाताhttps://biswasnews.com/
विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।
विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

Must Read

सरकारले बेवास्ता गरेकाे भन्दै निजी विद्यालयले बन्द गरे अनलाइन कक्षा

काठमाडौं। निजी विद्यालयहरूले बिहीबार अर्थात साउन १ गते देखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। आफूहरुको माग पुरा गर्नेतर्फ...
  • 667
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    667
    Shares