वीर अस्पतालकाे भिभिआइपी कक्षमा २९ वर्षदेखि कोही छिरेनन्

121 Shares

लाखौँ खर्चेर बनाइएको वीर अस्पतालमा भिभिआइपी बिरामीका लागि  सुविधा सम्पन्न कक्षमा २९ वर्षदेखि ताला लगाइएको छ, देशका विशिष्टहरु भने सामान्य रोगको उपचारका लागि पनि विदेश धाउँछन् । चार वर्षमा विशिष्टको उपचारमा ६ करोड खर्च भएको छ । अर्थ मन्त्रालयका अनुसार यो वर्ष मात्रै विशिष्ट व्यक्तिहरुको उपचारका लागि सरकारी ढुकुटीबाट झन्डै २७ लाख विदेशिएको छ ।

मन्त्री, सांसद, न्यायाधीश र सचिवले उपचार गराएका थिए । तर, सचिव चन्द्र घिमिरेले मात्र उपचारको पैसा तिरेका छन् । पूर्वसभामुख तारानाथ रानाभाटको नाममा ५७ हजार बक्यौता छ । यो भीआईपी कक्षमा हरेकस्तरका बिरामीको उपचार गर्ने क्षमता छ । विशिष्टको उपचारमा चार वर्षमा ६ करोड खर्च भएको छ । यस वर्ष मात्रै अर्थ मन्त्रालयबाट २७ लाख निकासा गराएको छ ।

वीरको भिभिआइपी कक्ष आठ कोठाको छ । बिरामी बस्ने, आगन्तुकहरुसँग भेटघाट गर्ने परिवारका सदस्य सुत्ने, सुरक्षाकर्मी कुर्ने छुट्टाछ्ुट्टै कोठा छन् । त्यस्तै, डाक्टर र नर्सका लागि छुट्टाछुट्टै कोठा छन् । यसबाहेक बान्सा र बाथरुम छन् । पञ्चायत कालमा दरबारका सदस्यलाई उपचार गर्न वीरमा भिभिआइपी कक्ष बनाइएको हो ।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

121 Shares
Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time