17.3 C
Nepal
Thursday, October 5, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

न कुनै जागिर, न त जिम्मेवारी, १८ वर्ष उमेर पुगेपछि ६० हजार रुपैयाँ सित्तैमा पाइने

समाचारअन्तर्राष्ट्रियन कुनै जागिर, न त जिम्मेवारी, १८ वर्ष उमेर पुगेपछि ६० हजार रुपैयाँ सित्तैमा पाइने

हामीकहाँ भएको श्रमशक्तिले काम पाइरहेको छैन। बेरोजगार हुँदा हातमुख जोर्ने समस्याका कारण युवाहरु पैसा कमाउन विदेशिरहेका छन् ।

तर यो दुनियामा यस्तो देश पनि छ जसले आफ्ना नागरिकहरु बालिग हुने बित्तिकै हजारौँ रकम सित्तैमा दिने तयारी गरेको छ ।

इटाली सरकारले आफ्नो देशका नागरिकहरु बालिग भएसँगै वा १८ वर्ष पूरा गरेसँगै उनीहरुलाई ५ सय युरो अर्थात् झण्डै ६० हजार रुपैयाँ रकम पुरस्कार स्वरुप दिने घोषणा गरेको छ ।

सरकारले दिने यो रकमलाई युवाहरुले आफुले चाहेको काममा खर्च गर्न पाउनेछन् । यो पुरस्कार स्किमलाई इटाली सरकारले संस्कृति बोनसको नाम दिएको छ ।

१५ सेप्टेम्बरबाट यसको थालनी हुनेछ । सरकारको यो निर्णयबाट ५ लाख ७५ हजार युवा लाभान्वित हुनेछन्, तत्कालै । यद्यपि यसले सरकारको खर्चमा भने बढोत्तरी गर्नेछ ।

 

9.3kViews

Check out our other content

Check out other tags:

Most Popular Articles