विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

वैदेशिक रोजगारीमा प्रत्येक दिन ३ नेपालीको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – चालू आर्थिक बर्षको ३ महिनामा मात्र विदेशमा २ सय १६ नेपाली युवाको मृत्यु भएको समाचार आजको कारोबारले पहिलो पृष्ठमा छापेको छ ।

मृतकका परिवारलाई सरकारले १५ करोड १२ लाख रुपैयाँ आर्थिक सहायता वितरण गरेको तथ्यांक छ ।

आर्थिक सहायता लिने मृतकको संखया हेर्दा विदेशमा मृत्यु हुने नेपालीको संख्या बढ्दै गइरहेको छ ।

रोजगारीको क्रममा विदेशमा हुने मृत्युलाई न्यूनीकरण गर्ने कार्यक्रम प्रभावकारी हुन नसक्दा क्षतिपूर्ति र सहायता रकम बर्सेनी बढ्दै गइरहेको छ ।

सरकारबाट आर्थिक सहायता लिने परिवारको संख्या हेर्दा ३ महिनामा मासिक औषत ७२ युवाको रोजगारीकै क्रममा मृत्यु हुने गरेको डरलाग्दो तथ्यांक देखिन्छ ।

सरकारले आवेदन दिने युवाका परिवारलाई आर्थिक सहायतास्वरुप प्रतिव्यक्ति ७ लाख रुपैयाँ दिने गरेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया
Loading...
Subscribe to our newsletter
Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time