विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

‘बदला’

  • 288
  •  
  •  
  •  
  •  
  •  
  •  
    288
    Shares

सानुको मुहारमा एक किसिमको खुशी थियो, किनकी उसले बिगतमा जे भयाे ती कुरालाई सम्झन चाहेकी थिइन ।

उसले अतीत सँगका सबै अतितलाई साउनका झरी झै आफ्ना दुई नयनबाट लगातार दुइ वर्ष लगातार बगाइ सके की थिइ।अब उसँग फेरि भेट नहोस भन्ने कल्पना गरेकी थिइ।

तर, कहिले काहीँ फिल्म हेर्दा हिरो -हिरोईनको बिछोड हुFदा भने अनायासै गाजलु नयनमा मोतीका दाना भरिएका हुन्थे।

उसले दिमाग लगाएर अतितलाइ भुल्न खोजे पनि मनले कता कता उसको कमीको महशुस गर्दथ्यो। सानुलाइ थाहा थियोे उसले आफ्नो जीवनको स्वर्णिम ३ वर्ष अतितको न्यानो अङालो मा बिताएको थिइ।

अतितले पनि उसलाई औधी माया गर्दथ्यो,सबै उनीहरुका जोडीदेखि रिस अनि डाह गर्दथे,क्या नमुना जोडी भन्थे देख्नेहरु ।
उनीहरुको प्रेम बिहेमा परिणत भै सकेको थियो । भर्खरै १७ लागेकी सानु अनि १८ वर्षका अतितले परिवारको अनुमती बिना नै जीवनको यति ठूलो निर्णय लिएका थिए ।

परिवार पक्ष कोही पनि खुसी अनि राजी भएका थिएन, उनीहरुको कदमप्रती । सानुका बुबाले त्यो हाम्रो लागि मरि सकि, यो घरको ढोका सधैको लागि बन्द भै सकेको भनेर आफ्नी श्रीमतीलाई भनी दिएका थिए।

लाड,प्यारमा हुर्केकि छोरी के गरि खाली भनेर सानुको आमालाई असाध्य पिर पर्दथ्यो । वरको सिन्को पर नसार्ने छोरीले कसरी त्यो घरमा रिझाएर बस्ली सासुलाई ?

२४ घन्टा छोरी कै पिरले घोत्लीएर बस्दथिन उनी । लक्ष्मीको त्यस्तो व्यवहार देखेर मुरलीधर धेरै नै रिसले तातेर उल्टै तैले नै पुलपुलाएर कुल कै इज्जत फालेर गइ भने, झन आक्रोश पोख्दथे उनी । अनि आफ्नो बिछ्यौनामा गएर सानुको फोटो हेरेर रुन्थे ।

माया त मलाई नि तेरो नभएको हैन तर तेरी आमाले जस्तो देखाउन सक्दिन उनी फाेटाेसँग बाेल्थे। कति सपना सजाएको थिए मैले तर, तैले १७ वर्ष पुग्दा नपुग्दै फेरी कहिले नजोडीने गरी टुटाइ दिस है ? के कमि गरेका थियाैं र ?

उनीहरू हाम्राे मायालाई आज यसरी लत्याएर गइ भनेर रून्थे ।

समयसँगै उनीहरूले सानुकाे माया, माेह र कमीलाई भुलिसकेका थिए ।

यता सानू र अतितका केही महिनाहरु राम्रोसँग बिते । घरको जेठो छोरा अतीत सबै जिम्मेवारी उसकै काधमा थियो । रोगी बुवा, साना भाइबहिनी अनि सम्पतिको नाउ शिर लुकाउने झाप्रो र अलिकति पाखो बारी थियो । त्यहि पनि फलेको मकैले मुस्किलले ३ महिनामा मात्रै खान पुग्दथ्यो। जसोतसो समय बिइ रहेको नै थियोे ।

गाउको मुखियाकी छोरी सानू सित बिहे गरेकाले उनीहरूका परिवारलाई दुख अनि आपतमा कसैले सहयोग गर्न अघि बढ्दैन थिए।

मुखियाकाे आदेश थियाे त्याे घरमा गएर पानी पनि नखानु । हाम्रो कुल खान्दानको इज्जत माटोमा मिलाएर गइ भनेर

रिसाउदै सारा गाउँलेलाई थर्काएका थिए।

धेरै कष्टमा थियो अतितको परिवार सानुले जीवनमा नसोचेको दुख पाइन् । घरमा बासमती चामलको भात नरुच्ने सानुलाई अतीतको घरमा पेट भरी खोले खान नि धौ-धौ थियो । अनि आफ्नो बुद्धिलाई गाली गर्दै टाउको समाउँथी।

अतीतसँग भाग्नु दुई दिन अघि सानुलाई शहर पठाएर धेरै पढाउने सपना थियाे उसका परिवारको तर त्यो अधुरो नै रहयो। उसले कता-कता अतीत सित बिहे गरेर गल्ती नै पो गरे कि भनेर पछुताे लाग्न शुरू भइसकेकाे थियाे । तर,अतितले उसलाई गरेको माया देखेर सब कुरा भुल्छे सानु।

भाग्यमा लेखिएको कुरा टारेर टर्दैन नि हैन र ? जे हुनु-नहुनु थियाे भै सक्यो । अब रोएर के फाइदा सुख-दुःख जीवनका दुई पाटा हुन्, यस्तै यस्तै सोचेर दिन बिताउछे सानू ।

अतीत सानुको घरमा काम गर्ने कामदार, सिधा,सोझो अनि कामको लागि इमानदार दिन भर मुरधीधर(ससुरा बा) काम गरेर नि बिहान भने गाउँ कै क्याम्पसमा पढ्दै थियोे । उसका नि धेरै सपनाहरु थिए ।आफू भन्दा साना दुई भाइबहिनीलाइ राम्रो पढाउने अनि बुवाको राम्रोसँग उपचार गराउने अनि आफू गाउँ कै स्कुलमा शिक्षक हुने यस्तै-यस्तै।

अतितकी आमाले यो संसार छोडेको ४ वर्ष भइ सकेको थियो। पेटको बिरामी थिइन चमेली ,राम्रो उपचार भएको भए अझै धेरै वर्ष बाच्ने थिइन । तर धामीझाँक्रीको भरमा उपचार गर्दा-गर्दै यो संसारबाट बिदा भइन, हर्के बहादुरलाइ एक्लो पारेर।

मुरलीधरका घरमा काम जादा आउँदा खेरी अलिअ बोली मिस्दै जाँदा सानू र अतितले जीन्दगीको त्यहासम्मको निर्णय लिएका थिए। महिना दिनको प्रेममा परेर उनीहरु एक अर्को बिना बाच्न नसक्ने भएका थिए । खै त्यो प्रेम थियो या शरिरिक आकर्षक मात्रै अझैसम्म बुझ्न सकेका छैन अतीत र सानुले ।

सानू पनि लुकाइ-लुकाइ अतितलाइ पैसाहरु दिन्थी। लुगाहरु किनेर दिन्थी अतितको व्यक्तित्वमा सानु पागल थिइ
तर अतितले त्यति परसम्म सोचेका थिएनन किनकि उनी उसको अन्नदाताको छोरीलाइ त्यस्तो सोच्नु पाप हो भन्ने सोच्दथे।

तर, सानु धेरै नै जिद्दी थिइन ।आफुले चाहेको हर कुरा पूरा हुनु पर्छ भन्ने सोच्द थिइ। त्यसैले उसले अतितलाइ पाउन

आफ्नो साहरा सुख सयल त्याग्न तयार भइ । अतीत बाध्य भयो, सानुको अघि हार्नु पर्यो नचाहदा-नचाहदै मुखिया खानदानको इज्जत माटोमा मिलाउन विवस भयो।

के थाहा उनीहरूलाई अतितले त्यति आँट गरेको थिएन। उनीहरू कै छोरी सानुको जितमा हारेका हुन अतितले तर
यो समाज त्यो कुरा सुन्न तयार थिएन।

अतितले नै जाल टुना गरेर सानुलाइ माया-प्रेममा पारेको रे ! यस्तै आरोप गाउँ भरी भिजिएको थियो ।समाजका अघि उनीहरू श्रीमान-श्रीमती भइसकेका थिए, भन्नेले जे भनुन।

यस्तै धेरै दुख अनि कष्ट सहदै उनीहरूले ६ महिना जति बिताए । तर, दिनहु गाउँलेहरुको टोकसो सहन नसकी अतीत र सानू मायाको रङिन दुनियाँ सजाउन अनि पिरतीको फुल फुलाउन त्यो गाउँ भन्दा पर एउटा अन्जान शहर भित्र पसे जहाँ सानुलाइ कसैले चिन्दैनथे । न त अतितलाई नै कसैले चिन्थे ।

जे काम पाइन्छ गर्दै गए ।दुख सँगै उनीहरूको जीवनमा सुखका दिन आउदै थिए।

यस्तैमा अतितलाइ खबर आउछ गाउँबाट कि उसको बुव बिरामी छ । झट्टै गाउँ आउनु पर्यो भनेर।अतीत गाउँ जान्छ ।

उसले बुवालाइ बचाउन सक्दैन । उसलाई कता-कता आफैले गल्ती गरेकोले बुवाले यो संसार चाडै छाडेको महसुस हुन्छ ।

आमा पछी बुवा गुमाएको पिडामा उसले सानुलाइ भुली दिन्छ ।

मैले बुवाआमा गुमाए पनि भाइ बहिनीलाइ गुमाउदिन भनेर सोच्न थाल्छ। प्रेम भन्दा ठुलो परिवार हैन ।आफू भए कति कति आउछन माया गर्ने मान्छे भन्ने सोचेर एक कल फोनसमेत गर्दैन सानूलाई ।

अतीत गाउँ गएको महिना दिन हुन लाग्दा नि केही खबर पाउन सकेको थिइन । अनेक थरी कुरा सोचेर उसको मन आत्तीएको थियो ।

त्यो पीडा व्यक्त गर्ने कोही साथीहरु थिएनन उसका धेरै दुख पछी सुखका किरण आउनै लाग्दा उसका जीवनमा फेरि ग्रह लाग्न लागेको उसलाइ महशुस भएको थियोे । शहर छिरेको एक वर्ष सम्म उनीहरूले धेरै दुख र अभाव सहेकी थिइन कहिले उनले अतीत शीत गुनासो गरिनन् ।सानुलाई राम्रोसँग थाहा थियोे कि सानुको कारणले नै यो सब भयो।

यता अतीत आफ्नो बुबाको क्रिया क्रम सकाएर आफ्नो साना भाइबहिनी लिएर त्यो गाउँ सधैको लागि छोडेर फेरी अर्कै शहर पसे । अतितले सोचेनन एक पटक पनि उसको लागी परिवार ,समाज र सारा सुखसयल छाडेर हरेक बिहान र साझमा बाटो कुरी कोहि बसको छ भनेर। अब अतितले आफ्नो छुट्टै दुनियाँ सजाउँदै छ ।

यता दिन,हप्ता ,महिना र वर्ष बित्दा पनि अतितको केही खबर पाउन सक्दिन अतीत सित बिताएर ३ वर्ष हरुलाइ आखामा झलझली सम्झन्छे ।रुन्छे,कराउछे,बेसरी भित्ताहरुमा आफ्नो टाउको ठोक्दै रुन्छे। उसको पिडा र चितकार सुन्ने कोही हुदैन त्यो शहरमा । अतितको साथ अनि मायालाइ भुल्न धेरै गारो हुन्छ सानुलाइ।

धेरै रुन्छे सानू ,खुब रुन्छे रुदा रुदा उसका आखाबाट अचेल आँसु आउन छाडेका छन। अतितको माया पाउन सानुले आफ्नो परिवार, आमाबुबा छाेडेकी थिइन।

त्यो बेला उसको आमाबाबु को मनमा ठुलो बज्रपात परेको थियो । अहिले अतितले सानुलाइ एक्लो शहरमा छोडदा त्यस्तै पीडा अनि चोट परेको छ। सानुले ३ वर्ष अघि आफुले जन्मघर छाडेर जाँदा अहिले सानुले भोगेको किसिमको बज्रपात परेको महशुस गर्छिन।

अनि भनिन्छिन धोका दिएर जानेहरुलाइ समय ढिलो होस् या चाडो धोकाको बदला लिने रहेछ।


  • 288
  •  
  •  
  •  
  •  
  •  
  •  
    288
    Shares
प्रतिक्रिया
Loading...
Subscribe to our newsletter
Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time