पन्ध्रौ धान दिवस तथा रोपाइ महोत्सव यसरी मनाइयाे। (फाेटाे फिचर)

Title of the document

सस्ताेमा वेबसाइट बनाउनु परेमा ९८५११९४७२०

0 Shares

आज असार पन्ध धानरोपाइँ पर्व र राष्ट्रिय धान दिवस । यस दिन धान रोपाइँ गरी दही र चिउरा खाने चलन छ । झरीबादलको समेत पर्वाह नगरी रुझ्दैभिझ्दै काम गरेका किसानले शरीरलाई शीतलता र शक्ति दिन खेतमै दहीचिउरा,अचार,पुवा खाने गर्दछन् ।

असारे गीत गाउँदै धानखेतको दवदवे हिलोमा धान रोपेर आपसमा हिलो खेली रमाउनु रोपाइँ पर्वको आकर्षण हो । यसो गर्नाले माटोप्रतिको माया जाग्छ, बाली सप्रिन्छ र खेतीकिसानी हर्षपूर्ण विधिले गरिने उत्तम कर्म हो भन्ने सन्देश फैलिन्छ । यसले आपसमा प्रेम र सामाजिक सद्भाव पनि बढाउँछ ।

नेपाली समाजमा असारलाई मानो रोपेर मुरी उब्जाउने महिना मानिन्छ । त्यसमा पनि वर्षकै सबैभन्दा लामो दिन मानिने असार पन्ध्रमा धेरै मेलो गर्ने र दहीचिउरा खाई रमाउने परम्परा छ ।

धान रोपाञी गर्दा सिमेभूमेको पूजा गरी खले गरामा बिउका मुठाको भकारी राखेर हिलाकै टीको लगाई उत्सवका रुपमा मनाइने हुँदा यो कृषिकर्म नेपाली समाजको साँस्कृतिक पर्व बनेको छ ।

फाेटाेमा हेर्नुहाेस्

तस्वीर: सराेज खनाल

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

0 Shares
Title of the document

सस्ताेमा वेबसाइट बनाउनु परेमा ९८५११९४७२०

प्रतिक्रिया दिनुहोस

comment