विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

बिप्लब समर्थक ओली पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ९ चैत्र। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रभावशाली नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ लाइ प्रहरीले पक्राउ गरेकाे छ।

मध्य केन्द्रीय कमाण्ड इञ्चार्ज ओलीलाइ शुक्रबार राति काभ्रेबाट पक्राउ गरेकाे हाे। शुक्रबार राति प्रहरीको विशेष ब्यूरो र अपराध महाशाखाको टोलीले उनलाई पक्राउ गरेको महाशाखाका निमित्त प्रमुख एसपी केदार ढकालले जानकारी दिए।

ओलीसँगै शंकर अधिकारी, धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, विजय श्रेष्ठ, ललित लामा, सन्जीव कार्की, वेद घिमिरे र लोकेन्द्र खड्का पक्राउ परेका छन्।

उनीहरु सबै गाडीमा भाग्न लागेको अबस्थामा पक्राउ परेका हुन्। ओलीकै योजनामा फागुन १० गते ललितपुरको नख्खुमा रहेको एनसेल टावर अगाडि बम विस्फोट भएको प्रहरीको निष्कर्ष छ ।

विस्फोटमा एकजनाको मृत्यु भएको थियो। ओली नेकपाका तेस्रो नम्बरका नेता हुन्। ओलीले नख्खु बम विस्फोटको जिम्मेवारी लिएका थिए।

केही दिनअघि पनि ओली पक्राउ परेको समाचार सार्वजनिक भएको थियो। तर, उनी त्यसबेला पक्राउ परेनन्। ओली प्रहरीको घेराबाट फुत्किएका थिए। उक्त घटनामा उनका सहयोगीसहित पाँच जना कार्यकर्ता पक्राउ परेका थिए।

मध्य कमाण्डका इञ्चार्ज रहेका ओलीले आफ्ना कार्यकर्ताको रिहाइको माग गर्दै विज्ञप्तिसमेत निकालेका थिए। ईञ्चार्ज ओली काभ्रे जिल्लामै रहेको सूचनाका आधारमा उनको खोजी तीब्र पारिएको थियो।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया
Loading...
Subscribe to our newsletter
Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time