विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

माेदीलाई भोट नदिन ६ सय बढी कलाकारकाे अपिल

  • 421
  •  
  •  
  •  
  •  
  •  
  •  
    421
    Shares

भारतमा हुन गइरहेको आगामी चुनावमा मोदी र सत्तासीन भारतिय जनता पार्टीलाई भोट नदिन भारतका ६ सय भन्दा बढी कलाकारले अपिल गरेका छन।

‘समानता तथा सामाजिक न्यायका लागि अन्धकार एवं जंगलीपनाका शक्तिलाई पराजित गर्र्न’ भन्दै उनीहरुले भाजपालाई नजिताउन आव्हान गरेका हुन ।

संयूक्तरुपमा एक वक्तव्य जारी गर्दै ‘संविधानको र समधर्मी, धर्मनिरपेक्ष लोकाचारको रक्षार्थ’ भाजपा विरोधी आव्हान गरेका हुन ।

६०० कलाकारहरुको सुचीमा अमोल पालेकर, अरून्धति नाग, अस्ताद देबू, अर्सिया सत्ताट, डेनिश हुसौन, गिरिश कर्नाद, नसरूद्धिन शाह, एम के रैना। कविथा लंकेश, कोनकोना सेन शर्मा, लिलेटे दूबे, मल्लिका तनेजा तथा नभतेज जोहर रहेका छन्।

उनीहरुले अपिलमा भनेका छन ‘धार्मिक संप्रदायवाद, संकीर्णता, संकीर्णता र तर्कहीनताका शक्तिहरू विरूद्ध भारतका रंगकर्मीहरूको लामो र गौरवशाली परम्परा रहेको छ’, ‘हामी धर्मनिरपेक्ष, लोकतांत्रिक, समावेशी र मात्र भारतको कल्पना गर्छौ।’

उनीहरूले आफूहरूको सो कल्पना खतरामा परेको जनाउदै ‘आज गीत, नृत्य र हाँसो खतरामा छन्। आज हाम्रो संविधान खतरामा छ। तर्क , बहस र असंतोषलाई निसासिने गराइँदैछ।’

अपिलमा उनीहरूले आगामी चुनाबलाई स्वतन्त्र भारतको इतिहासको सबैभन्दा संवेदनशील चुनावसमेत भनेको छ।

अपिलमा रंगकर्मीहरूले चुनावबाट प्रेम, समानता तथा सामजिक न्यायलाई पक्षपोषण गर्दै अन्धकार र बर्बरताका शक्तिहरूलाई पराजित गर्नका लागि भोट गर्नुपर्ने जनाएका छन्।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


  • 421
  •  
  •  
  •  
  •  
  •  
  •  
    421
    Shares
प्रतिक्रिया
Loading...
Subscribe to our newsletter
Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time