विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

यस्ता छन् मेथीको सेवन फार्इदाहरू

  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares

मेथी हाम्रो गाउँघरमा विभिन्न औषधिको रुपमा प्रयोग गछौ । अधिकांश नेपालीको घरमा मेथीको प्रयोग तरकारी पकाउँदा गर्ने गर्छन । यसको सेवनले पाचन प्रकृयालाई सहज पुर्याउँछ । मेथी खानुका अन्य फाइदा यस्ता छन् ।


१. मेथीको हरियो सब्जीको सेवनले पाचन तन्त्र सन्तुलित रूपमा कार्य गर्छ र कब्जियत र ग्यास्ट्रिकको समस्याबाट छुटकारा मिल्छ ।

२. मेथीको सेवनले जोर्नी दुख्ने समस्याबाट आराम दिलाउँछ । यसको बियाँ वा पात दुवै जोर्नीको दुखाईमा समान रूपमा फाइदाजनक हुन्छ ।

३. मेथीको पात पनि कपालको लागि निकै लाभकारी सावित हुन्छ । यसको पातलाई पिसेर कपालमा लगाउँदा कपाल कालो, बाक्लो र चम्किलो हुन्छ र साथै कपाल झर्ने समस्या पनि कम हुन्छ ।

४.पेटमा किरा हुँदा मेथी एक प्रभावकारी उपचार हो । अधिकांश बच्चामा यो समस्या हुन्छ । यस्तो अवस्थामा मेथीको पातको रस निकालेर बच्चालाई एक चम्मच प्रतिदिन खुवाउँदा लाभ मिल्छ ।

५.यसलाई प्रतिदिन कुनै न कुनै रूपमा सेवन गर्दा चिसो लाग्ने समस्याबाट बचाउँछ र यस मौसमको सामान्य स्वास्थ्य समस्याहरूबाट बचाउँछ ।

६.मधुमेह रोगीको लागि मेथीको सेवन अत्यधिक फाइदाजनक हुन्छ । यदि तपाई चाहनुहुन्छ भने प्रतिदिन मेथीको पातको रस निकालेर पिउनुहोस् । यसबाट उच्च ग्लूकोजको मात्रा नियन्त्रण हुन्छ ।

७.अनुहारको सुन्दरता बढाउनको लागि पनि यसको गुण कम छैन । यसलाई पिसेर अनुहारमा लगाउँदा त्वचामा चमक आउनुको साथै कसिलोपन आउँछ । यसको साथै रुखो त्वचाको लागि पनि निकै लाभदायक हुन्छ किनकि यसले त्वचामा नरमपन प्रदान गर्छ ।

८.मेथीको हरियो पातको सब्जीमा प्याज मिलाएर खाँदा रक्तचापको समस्याबाट छुटकारा दिलाउन मद्दत गर्छ ।

९.मेथीको सब्जीको सेवन गर्दा मुटु सम्बन्धि रोगलाई मुक्ति दिलाउन मद्दत गर्छ । यसले हृदयघात हुनसक्ने सम्भावना कम गर्छ र मुटुलाई स्वस्थ राख्छ ।

१०. थीको सब्जीको प्रतिदिन सेवन या मेथीदानाको पाउडर प्रतिदिन खाँदा वजन नियन्त्रित रहन्छ र बोसोको मात्रा बिस्तारै(बिस्तारै कम हुन्छ । यस किसिमले तपाई आफ्नो वजन पनि कम गर्न सक्नुहुन्छ ।

११.यदि पटक पटक पिसाब लाग्ने समस्या छ भने मेथीको पातको रसको सेवनले फाइदा पुर्याउन सक्छ । यसको दिनहुँ सेवन गर्दा सम्पूर्ण समस्या पूर्ण रूपमा कम हुन्छ ।ऐजेन्सी

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares
प्रतिक्रिया
Loading...
Subscribe to our newsletter
Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time