विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

के तपार्इ हरियाे धनियाँ खानुहुन्छ ? ध्यान नपुगे लिन सक्छ ज्यान !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

[dropcap ][/dropcap]

हरियाे धनियाँ प्रायः सबै परिकारमा उत्तिकै चल्ने गर्छ । दाल, तरकारी, अचार, माछा, मासु हाेस् कि अन्य जुनसुकै परिकारमा हरियाे धनियाँ काटेर राख्ने चलन छ । यसाे गर्दा खाना स्वादिस्ट हुनुका साथै कैयाैँ फाइदा पनि छन्, स्वास्थ्यका लागि । तर घरबाहिर बजारमा गएर विभिन्न परिकार, जस्तै चिकेनचिल्ली, चाट अादिसँग समेत हरियाे धनियाँ राखिएकाे हुन्छ । अझ कतिपयले त खाँदा धनियाको पात नै मागेर खाने बानी छ ।

यसरी बाहिर जथाभावी हरियाे धनियाँ खाँदा ध्यान पुगेन भने ज्यानै लिनसक्ने हुन्छ । सही तरिकाले नपखालिएकाे तथा पातमा देखिने/नदेखिने कीरा भएकाे हरियाे धनिया काँचै खाँदा स्वास्थ्यमा गम्भीर असर पर्न जान्छ । खाेज-अनुसन्धानबाट धनियाँको पातमा खतरनाक कीरा (टेपवर्म)काे फुल वा लार्भा हुने र त्याे खानासँगै पेटमा पुग्ने पत्ता लागेकाे छ । पेट हुँदै दिमागसम्म समेत उक्त टेपवर्म पुग्ने विज्ञहरु बताउँछन् । टेपवर्म मस्तिस्कमा पुगेमा मानिसको मृत्यु समेत हुन सक्छ ।

भारतको ब्याङ्लोरस्थित नेशनल इन्स्टिच्युट अफ मेन्टल हेल्थ एण्ड न्यूराे साइन्सेस (निमहान्स) का चिकित्सकले गरेको एक शोधमा यस्तो कुरा पत्ता लागेको हो । यस इन्स्टिच्युटमा रहेको एक मात्र ब्रेन म्यूजियममा मस्तिष्कसम्बन्धी शोध भइरहेको बताइएकाे छ । यसै क्रममा धनियाँको पातमा किरा/जीवाणुकाे संख्या बढी हुने र त्यस्ता पात राम्रोसँग नपखाली वा नपकाएर खाएमा स्वास्थ्यका लागि निक्कै खतरनाक हुन सक्ने चिकित्सकहरुले बताएका छन् ।कृर्षिडेली

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया
Loading...
Subscribe to our newsletter
Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time