विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

कुटपिटबाट ज्यान गएपछि आठजना प्रहरी नियन्त्रणमा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

परासी, २४ कात्तिक (रासस) : पश्चिम नवलपरासीमा अपरिचित समूहको कुटपिटबाट एकजनाको मृत्यु भएको छ । अर्का एकजना गम्भीर घाइते भएका छन् ।

बिहीबार राति जिल्लाको सुनवल नगरपालिका वडा नं १० स्थित गैँडाखाल गाउँमा युवाबीच आपसी विवाद हुँदा कुटपिटसमेत भएको प्रहरीले जनाएको छ ।

कुटपिटमा परी गम्भीर घाइते भएका सुनवल–१ बस्ने ३०÷३२ वर्षीय गङ्गा कुमालको मृत्यु भएको हो । कुमाललाई इलाका प्रहरी कार्यालयले जिल्ला अस्पताल परासीमा उपचारका लागि पु¥याएकामा अस्पतालले राति नै मृत घोषणा गरेको थियो । उनको टाउकामा गहिरो चोट लागेको थियो । अर्का गम्भीर घाइते सोही ठाउँ बस्ने १६÷१७ वर्षीय राम कुँवरको भरतपुरको पुरानो मेडिकल कलेजमा उपचारपछि घर फर्केको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो । उनको पनि टाउकामा चोट लागेको थियो ।

कुटपिटमा भाटो र चिर्पट प्रयोग भएको प्रहरीले जनाएको छ । के कारणले र कसले कुटपिट गरेको भन्ने नखुलेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले सोही दिन नौजना शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । सोधपुछपछि छजनालाई सोही दिन छोडिएको र बाँकी तीनजनासहित थप पाँचजनालाई नियन्त्रणमा लिई सोधपुछ भइरहेको प्रहरी उपरीक्षक भट्टले जानकारी दिनुभयो । अहिले प्रहरी नियन्त्रणमा आठजना रहेका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया
Loading...
Subscribe to our newsletter
Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time