अमेजोनका मालिक जेफ बजोस रोबोट कुकरलाई घुमाउँदै

Title of the document

सस्ताेमा वेबसाइट बनाउनु परेमा ९८५११९४७२०

0 Shares

अमेजोन कम्पनीका प्रमुख कार्यकारी अधिकृत जेफ बजोसले रोबोट कुकुरसँग घुमिरहेको तस्बिर शेयर गरेका छन् ।

हालै फोर्ब्सले सार्वजनिक गरेको विश्वका सर्वाधिक धनीको सूचीमा पहिलो स्थानमा परेका बेजोसले सोमबारको मार्स सम्मेलनका क्रममा सो तस्बिर लिएका हुन् । उनले ट्वीटरमा तस्बिर शेयर गर्दै लेखेका छन्, ‘मेरो नयाँ कुकुरलाई घुमाउन लैजाँदै ।’

प्राविधिक ज्ञान, रोबोटिक ट्रेन्ड र अन्तरिक्षलाई केन्द्रित गरिएको रोबोटिक सम्मेलन सोमबार अमेजोन कम्पनीले नै आयोजना गरेको थियो । बेजोसले तस्बिर शेयर गरेलगत्तै उनका साथमा रहेको रोबोटिक कुकुरको पनि धेरै चर्चा भइरहेको छ ।

तर ‘स्पटमिनी’ नामक सो कुकुर फेब्रुअरीमा पनि अधिक चर्चामा आएको थियो । बोस्टन डाइनामिक्स रोबोटिक फर्मले निर्माण गरेको उक्त रोबोटले यसअघि आफैँ ढोका खोलेको खबर बाहिर आएपछि त्यसबारे धेरै खोजी भएको थियो ।

बोस्टोनको वेबसाइटमा दिइएको जानकारी अनुसार त्यो रोबोटले वस्तुलाई सजिलै नियन्त्रण गर्नुका साथै सिँढी पनि चढ्न सक्छ , जसलाई अफिस, घर र बाहिर समेत प्रयोगमा ल्याउन सकिन्छ । जम्मा २४ किलो तौल भएको तीन फिट उचाइको सो रोबोटिक कुकुरको प्रदर्शन गर्दै बेजोसले मार्स सम्मेलनमा बेग्लै प्रभाव पारेका हुन् । गत वर्षको कार्यक्रममा भने उनले दक्षिण कोरियाली कम्पनी हान्कुक मिरेले डिजाइन गरेको १४ फुट लामो रोबोट सुट लगाएका थिए ।एजेन्सी

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

0 Shares
Title of the document

सस्ताेमा वेबसाइट बनाउनु परेमा ९८५११९४७२०

प्रतिक्रिया दिनुहोस

comment