भारत र पाकिस्तानबीचको तनाव: अमेरिकामा चर्चा

Title of the document

सस्ताेमा वेबसाइट बनाउनु परेमा ९८५११९४७२०

0 Shares

वासिङ्टन, जेठ १२ ।

अमेरिकी गुप्तचर निकाय सीआईएले पाकिस्तानले सीमा क्षेत्रमा गरेको आक्रमणको बदलामा भारतले पाकिस्तानमाथि आक्रमण गर्नसक्ने चेतावनी दिएको छ ।

अमेरिकी कंग्रेसमा सीआइए प्रमुखले परमाणु शक्तिसम्पन्न दुई देशबीच सीमा क्षेत्रमा भइरहेको गोलाबारीले संघर्षको रुप लिनसक्ने चेतावनी दिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । अमेरिकी सिनेटको सशस्त्र सेवा समितिको बैठकमा सीआइए प्रमुखले भारत र पाकिस्तानबीच बढ्दो सुरक्षा तनावबारे जानकारी गराएका हुन् । गत वर्ष भारतमा गरिएको दुई अतिवादी आक्रमणपछि तनावपूर्ण बनेको सम्बन्ध झन् बिग्रन सक्ने भन्दै उनले चिन्ता व्यक्त गरेका हुन् । केही गरी भारतमा फेरि आतंकवादी आक्रमण भए अवस्था जटिल बन्ने सिआइएको ठहर छ । भारतले आफ्नो भूमिमा हुँदै आएको अतिवादी आक्रमणको योजना पाकिस्तानमा बन्दै आएको आरोप लगाउँदै आएको छ । सीमा क्षेत्रमा भइरहेको आक्रमण कम हुनुका साथै पठानकोट आक्रमणबारे अनुसन्धानमा प्रगति भएमा यही वर्ष दुई देशबीच वार्ता हुन सक्ने आशा पनि गरिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

0 Shares
Title of the document

सस्ताेमा वेबसाइट बनाउनु परेमा ९८५११९४७२०

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time