३८ क्विन्टल सुन तस्करीका नाइके ‘गोरे’ पक्राउ !

0 Shares

काठमाडौं । कुख्यात सुन तस्कर चुडामणि उप्रेती ‘गोरे’ पक्राउ परेका छन् । करिब ३८ क्वीन्टल सुन तस्करीकाे अाराेप लागेका तथा ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याका मुख्य आरोपी गोरे पक्राउ परेका हुन् ।

सु्न तस्करी र हत्या प्ररकरणका मुख्य नाइके मानिएका फरार अभियुक्त गाेरे पक्राउ परेकाे अनुसन्धान गर्न गठित छानबिन समितिका अधिकारीले जनाएका छन् ।

पक्राउबारे विस्तृत विवरण अाउन बाँकी छ । गोरे पछिल्लो समय भारतमा लुकेर बसेको अाशंकामा प्रहरीले निगरानी बढाएकाे थियो । अाजै केही बेरमा उनलार्इ सुन तस्करी प्रकरणको अनुसन्धान गर्न गठित छानबिन समितिले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै छ ।

चर्चित साढे ३३ केजी सुन प्रकरणका मुख्य अभियुक्त उप्रेती मोरङ उर्लाबारीका हुन् । प्रहरी उच्च अधिकारीहरुसँग हिमचिमबाट फाइदा उठाउँदै गोरेले सुन तस्करी गर्दै आएका थिए ।

यसअघि पनि उनको नाम तस्करीसँग नजोडिएको होइन तर, बच्दै आएका थिए । यो पटक सनमको हत्याभएपछि उनी अनुसन्धानको घेरामा तानिएका थिए ।

हिजो मात्र जिल्ला अदालत मोरङमा सुन प्रकरणमा मुछिएकाहरुको प्रतिवादीको तर्फबाट बहस सकिएको छ ।News24

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

0 Shares

प्रतिक्रिया दिनुहोस

comment