सुदूर पश्चिमका रवि ओड बने दोस्रो नेपाल आइडल

Title of the document

सस्ताेमा वेबसाइट बनाउनु परेमा ९८५११९४७२०

982 Shares

काठमाडौं– चर्चित रियालीटी शो नेपाल आइडल सिजन–२ को विजेता धनगढीका रवी ओड बनेका छन् ।

फाइनलमा पुगेका अन्य तीन प्रतिस्पर्धीलाई पछि पार्दै ओड नेपाल आइडल सिजन–२ को विजेता बन्न सफल भएका हुन् ।

उनले २२ लाख नगद, एउटा होन्डा डब्लूआर–भी कार, एउटा गीति एल्बमको सम्झौता र वल्र्ड टुरको अवसर पाएका छन् ।

 दर्शकबाट सर्वाधिक धेरै भोट पाएको आधारमा उनी विजयी बन्न सफल भएका हुन् ।

यस्तै सिजन–२ को उपविजेता पोखराका विक्रम बराल बनेका छन् । उनले २० लाखको चेकका पाएका छन् ।

दर्शकले दिएको भोटको आधारमा झापाका सुमित पाठक सेकेण्ड रनरअप भएका  छन् ।

उनले १२ लाख बराबरको चेक पाएका छन् ।

यसैगरी झापाकै अस्मिता अधिकारी चौथो बनिन् । उनले होन्डाको स्कुटर प्राप्त गरिन् ।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

982 Shares
Title of the document

सस्ताेमा वेबसाइट बनाउनु परेमा ९८५११९४७२०

प्रतिक्रिया दिनुहोस

comment