विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

बस दुर्घटनामा २८ पर्यटकको मृत्यु

  • 389
  •  
  •  
  •  
  •  
  •  
  •  
    389
    Shares

एजेन्सी । पोर्चुगलमा भएको पर्यटक बस दुर्घटनामा कैयौँ पर्यटकको ज्यान गुमाएका छन् । पोर्चुगलको मडिरा टापुमा भएको उक्त बस दुर्घटनाग्रस्त हुँदा कम्तीमा २८ जनाले ज्यान गुमाएका हुन् ।

मृत्यु हुनेमध्ये १७ जना महिला र ११ जना पुरुष छन्। दुर्घटनामा अन्य २८ जना घाइते भएको पोर्चुगलका सञ्चार माध्यमले जनाएका छन् । जर्मन पर्यटकहरू सवार उक्त बस सडकबाट तल खसेको थियो।

५५ जना यात्रु सवार रहेको उक्त बस कनिसो नगर नजिक दुर्घटना भएको जर्मन पत्रिका बिल्डमा उल्लेख छ ।
स्थानीय समय अनुसार साँझ साढे छ बजे एउटा चोकमा चालकले नियन्त्रण गुमाउँदा बस सडकबाट तल खसेको थियो। नगर प्रमुखले एसआइसी टीभीलाई भने, ‘घटनाबारे वर्णन गर्न मसँग शब्द छैन। यी मानिसहरूको पीडालाई म हेर्न सक्दिनँ ।’

रोयटर्स समाचार संस्थाका अनुसार पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टाले जर्मन चान्सलर एंगेला मर्केललाई समवेदना सन्देश पठाएका छन्। घटनाका बारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


  • 389
  •  
  •  
  •  
  •  
  •  
  •  
    389
    Shares
प्रतिक्रिया
Loading...
Subscribe to our newsletter
Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time