विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

प्रेस भन्दै लागूऔषध कारोबार गर्ने व्यक्ति पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, १५ साउन -काठमाडौं महानगरपालिका-२२ पुरानो नगरपालिका नजिकबाट लागूऔषधको कारोवार गर्ने दुई जनालाई ‘प्रेस’ लेखेको ज.७ प १४०४ नम्बरको मोटरसाइकल सहित सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा धनुषा गणेशमानचारथान नगरपालिका-४ घर भई हाल सिनामंगल डेरा गरी बस्ने ३१ वर्षीय राजकुमार चौधरी र वसन्तपुर बस्ने ३२ वर्षीय मोहम्द शाहीद रहेका छन् ।

चौधरीलाई प्रहरीले लागूऔषध कोडाइन फोसफेट्सम डिप्लेक्स-डिसी ३५ बोतल, स्पासपोक्राम दुई ट्याब्लेट, इन्ट्रानेट २१ ट्याब्लेट, प्रेस लेखिएको ज.७ प.१४०७ नम्बरको मोटरसाइकल,नगद २५ हजार रुपैयाँ, ग्लोबल आईएमई बैंकमा विभिन्न मितिमा जम्मा गरेको ४ लाख १ हजार रुपैयाँका भौचरहरू र २ थान मोवाईल सहित प्रहरीले पक्राउ गरेको हो ।

चौधरीले लागूऔषध काठमाडौं ल्याउदा भारतीय सीमा क्षेत्रबाट काठमाडौं आउने सवारी साधन मार्फत ल्याउने गरेको र लागूऔषध बिक्री बितरण गर्दा कसैले शंका नगरोस भन्नका लागि ‘प्रेस’ लेखिएका मोटरसाकल प्रयोग गर्ने गरेको खुल्न आएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया
Loading...
Subscribe to our newsletter
Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time