पुर्वी चितवनको रत्ननगरमा तेक्वान्दो प्रतियोगिता आयोजना हुने

0 Shares

फाईल फोटो

चितवन,   माघ १३

यही माघ १४ र १५ गते चितवन जिल्लाको रत्ननगरमा ५३ औं जिल्ला व्यापी तेक्वान्दो प्रतियोगिता हुने भएको छ । रत्ननगर तेक्वान्दो डोजाङ र रत्ननगर नगरपालिकाको सयुक्त आयोजनामा हुन लागेको प्रतियोगितामा जिल्लाभरका २२ वटा डोजाङका करिव २५० जना खेलाडीको सहभागीता रहने प्रतियोगिताका संयोजक एवंम् तेक्वान्दोका अन्तराष्ट्रिय निर्णायक पुष्पराज जोशीले जानकारी दिए । पुरुष ६ र महिला ७ तौल समुहमा प्रतिस्पर्धा हुनेछ । रत्ननगर ८ स्थित वैरिया माविमा हुने प्रतियोगितामा प्रथम ,द्धितिय र तृतिय हुने टिमलाई पुरस्कृत गरिने संयोजक जोशीले वताए । प्रतियोगितामा उत्कृष्ठ महिला र पुरुष खेलाडीलाई पनि पुरस्कृत गरिने छ ।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

0 Shares

प्रतिक्रिया दिनुहोस

comment