Saturday, August 15, 2020

जावलाखेलमा बोसिया खेल प्रदर्शनी

काठमाडौँ । अपाङ्गता भएका व्यक्तिहरुका लागि नेपाल बोसिया संघको आयोजनामा आइतबार ललितपुरको जावलाखेलमा  बोसिया खेल प्रदर्शनी सम्पन्न भएको छ ।

नेपालभरी यो खेलको प्रचार प्रसार गर्दै धेरै भन्दा धेरै राष्ट्रिय खेलाडी उत्पादन गरी अन्तराष्ट्रिय बोसिया खेलमा सहभागी गराउने तथा वृहत जनचेतना जगाउने उद्धेश्यका साथ यस खेल प्रदर्शनीको आयोजना गरिएको आयोजकले जनाएको छ ।

बोसिया खेल सन् १९८४ मा आयोजना गरिएको न्युयोर्क पाराओलम्पिकदेखी सुरुवात भएतापनि नेपालमा भने वि.सं. २०६४ बाट सुरुवात भएको अपाङ्गता भएका व्यक्तिहरुका लागि नेपाल बोसिया संघकी अध्यक्ष गोमा पौडेलले जानकारी दिनुभयो ।

उहाँले विशेषतः मष्तिष्क पक्षघात (मस्कुलर डिस्ट्रोफी) अपाङ्गता भएका व्यक्तिहरुको शारिरीक तथा मानसिक  क्षमता विकासका लागी यो खेल महत्वपुर्ण भएको बताउनुभयो । अध्यक्ष पौडेलले हालसम्म बोसिया महासंघमा विश्वका ७५ देश आबद्ध भएका र नेपालभरबाट हाल २५० जना बोसिया खेलाडी उत्पादन भइसकेको बताउनुभयो ।

बोसिया खेल प्रदर्शनीमा नेपाल अपाङ्ग संघ जोरपाटी ,मस्कुलर डिस्ट्रोफी फाउण्डेसन ललितपुर , मस्तिष्क पक्षाघात स्वावलम्वन समुह धापाखेल, नैकाप , शान्ति सेवा गृह ललितपुर, बानेश्वर, एस.ई.आर.सि. चापागाैउ ललितपुर र मातृगृह बालाजुबाट गरी जम्मा १५ खेलाडी हरुको उपस्थिति रहेको थियो । उक्त खेल प्रदर्शनीमा  पारा स्पोर्टस डेनमार्कको सहयोग रहेको थियो ।  सो प्रदर्शनीको बाटो हिड्ने बटुवादेखी सवारी चलाउने चालक सम्मले निकै चाख लिएर अवलोकन गरेका थिए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

Must Read

सरकारले बेवास्ता गरेकाे भन्दै निजी विद्यालयले बन्द गरे अनलाइन कक्षा

काठमाडौं। निजी विद्यालयहरूले बिहीबार अर्थात साउन १ गते देखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। आफूहरुको माग पुरा गर्नेतर्फ...
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •