विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री राष्ट्रिय अपाङ्ग महासंघमा

अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सुनिश्चित गर्न पहल कदमी लिइने

  • 250
  •  
  •  
  •  
  •  
  •  
  •  
    250
    Shares

काठमाडौँ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले मन्त्री भएको २ दिनमै राष्ट्रिय अपाङ्ग महासंघको भ्रमण गरेका छन् । यससँगै उनि कम समयमै राष्ट्रिय स्तरमा अपाङ्गता भएका व्यक्तिहरुको छाता संस्था राष्ट्रिय अपाङ्ग महासंघको भ्रमण गर्ने पहिलो विभागीय मन्त्री बनेका छन् ।

भ्रमणका क्रममा अपाङ्गता भएका व्यक्तिहरुसँग भलाकुसारी गर्दै उनले अपाङ्गता भएका व्यक्तिहरुको क्षेत्रमा विभिन्न समस्याहरु रहेता पनि आफु त्यसलाई समाधान गर्ने दिशातिर उन्मुख भएको दावी गरे । उनले अपाङ्गता भएका व्यक्तिहरुको क्षेत्रमा कृयाशिल संघसंस्थाहरुले विगतमा राम्रो वा नराम्रो जे जस्तो कार्य गरेतापनि अबका दिनमा सबै मिलेर अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सुनिश्चित गर्न तथा समावेशी समाज निर्माण गर्नका लागी सबैले पहल कदमी लिनुपर्ने बताए । साथै एक फरक प्रसङ्गमा उनले राष्ट्रिय अपाङ्ग महासँघको संघिय कार्यसमितीले उनलाई मन्त्रालयमै भेट्न आउने जानकारी गराएतापनि आफुले कार्यालय भ्रमण पनि हुने र सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुसँग सद्भाव साटासाट पनि हुने भएकोले भृकुटीमण्डप कार्यालय भ्रमण गरेको बताए ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङको सो भ्रमणलाई अपाङ्गता भएका व्यक्तिहरुको लागी मन्त्री स्तरबाटै प्राथमिकता दिएको प्रष्ट भएको राष्ट्रिय अपाङ्ग महासंघको संघिय कार्यसमितीका बरिष्ठ उपाध्यक्ष रमेश लामाले विश्वास न्युजलाई बताए ।

सो भ्रमण कार्यक्रमको आयोजक संस्था राष्ट्रिय अपाङ्ग महासंघका संघिय अध्यक्ष मित्रलाल शर्माले माननिय महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले अब महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सँगै अपाङ्गता भएका व्यक्तिहरुको विशेष चासोलाई मन्त्रीपरिषद् बाटै सम्बोधन गरिनुपर्ने बताए । उनले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धि ऐन २०७४ संसद् बाट पारित भएर लागु भएता पनि सो ऐनलाई कार्यान्वयन गर्नका लागी कानुनी कार्यविधी तथा नियमावली नबनेकाले अपाङ्गता भएका व्यक्तिहरु पिडामा रहेकोमा मन्त्री पार्वत गुरुङको ध्यानाकर्षण गराए । एक फरक प्रसङ्गमा अध्यक्ष शर्माले राष्ट्रिय अपाङ्ग महासंघको हालको कार्यालय समाज कल्याण परिषद् को जग्गामा रहेको र यस कार्यालको निःशुल्क उपभोग गर्ने सम्झौता भएतापनि हाल आएर समाज कल्याण परिषद्ले ५६ लाख रुपैयाँ तिर्न बाँकी रहेको देखाएकोले सो शुल्कको विषयमा सम्झौता अनुरुप हुनुपर्ने वा सो शुल्क मिनाहा गरिनुपर्ने बताए । उनले राष्ट्रिय अपाङ्ग महासंघलाई सरकारले निःशुल्क जग्गा उपलब्ध गराइदिए महासंघले दाताहरुसँग भनेर महासंघको भवन निर्माण गर्ने प्रतिबद्धता जनाए ।

राष्ट्रिय अपाङ्ग महासंघका संघिय अध्यक्ष मित्रलाल शर्माको अध्यक्षतामा  भएको सो कार्यक्रममा उक्त संस्थाका निवर्तमान तथा पुर्व अध्यक्षहरु, संघिय कार्यसमितीका पदाधिकारीहरु, प्रदेश ३ कार्यसमितीका पदाधिकारीहरु, नेपाली काँङ्ग्रेस तथा नेपाल कम्युनिष्ट पार्टी निकटका अपाङ्गता क्षेत्रमा कार्यरत सङ्गठनका प्रमुख एवं प्रतिनिधीहरु उपस्थित थिए ।

 

 


  • 250
  •  
  •  
  •  
  •  
  •  
  •  
    250
    Shares
प्रतिक्रिया
Loading...