Sunday, October 25, 2020

गरिबी र भोकमरी बिरुद्धको अन्तराष्ट्रिय युवा पुरस्कार नेपाली चेली सम्झना खनाललाई

सन् २०१९ को भोकमरी र गरिबी बिरुद्धको युवा पुरस्कार नेपाली चेली सम्झना खनालले जित्न सफल भएकि छिन्। पुरस्कारको राशी पच्चीस हजार अमेरिकी डलर रहेको छ।

बिजेता सम्झना को “भोकमरी – एक इतिहास ” भिजन, जसले संसारलाइ सन् २०५० भित्र कसरी भोकमरी रहित बनाउन  सकिन्छ भन्ने बिषयको परिकल्पना गर्दछ, त्यहि सोचको लागि उनलाई यो पुरस्कार प्रदान गरिएको हो ।

जुन देश (अथवा जुन जलबायु)मा जे सम्भब छ त्यसैको बृहत्तर उत्पादन गर्ने, महिलालाई बजार र उत्पादनसंग प्रत्यक्ष जोड्ने, समुहमा आधारित माइक्रो फाइनान्स संजाल ग्रामिण भेगमा विस्तार गर्ने, गाउँको उत्पादन – सहरको बजार (पैसा गाउँतिर  डोर्याउने), दिगो विकास लक्ष्य भेट्टाउन गरिब मुलुकको जनताको जिवनमा बिज्ञानको प्रयोग र बिकास कसरी गर्ने भन्ने जस्ता अरु थुप्रै भिजन भएको सोचपत्र,  र अहिले सम्म उनले कृषि क्षेत्र र महिला सशक्तिकरणमा गरेको नेतृत्वलाइ सम्मान गर्दै यो पुरस्कार प्रदान गरिएको बिजेता सम्झना बताउँछिन्।

१८ देखि २९ वर्ष भित्रका युवा प्रतिस्पर्धी मध्ये एक जनालाई दिइने यो पुरस्कारको लागि संसारभरिबाट ६ हजार ५ सय भन्दा बढि प्रतिस्पर्धीले भाग लिएका थिए । संयुक्त राष्ट्र विकास कार्यक्रमका प्रतिनिधी निर्णायक मण्डल रहेको अवार्ड जुरीले चार चरण लगाएर संयुक्त अरब इमिरेट्सको दुवैमा गत असोज ८ गते बुधबार उक्त पुरस्कारको बिजेता घोषणा गरेको हो । पुरस्कार बितरण समारोह भने बहराइनको राजधानी मनामा स्थित किङ्गस प्यालेसमा हुने छ ।

यो पुरस्कार जितेसँगै सम्झनाले नेपालका लागी २ वटा अन्तराष्ट्रिय पुरस्कार आफ्नो पोल्टामा पारेकी छिन् । यसअघि सन् २०१८ मा एसिया युथ इनोभेटर्स अवार्ड पनि प्राप्त गरेकी थिइन । सम्झना हाल नेदरल्याण्ड सरकारको छात्रवृत्ति अन्तर्गत बागेनिगन बिश्वबिध्यालयमा कृषिमा स्नातकोत्तर गर्दैछिन् ।

 

  • 2.5K
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2.5K
    Shares
विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

Must Read

सरकारले बेवास्ता गरेकाे भन्दै निजी विद्यालयले बन्द गरे अनलाइन कक्षा

काठमाडौं। निजी विद्यालयहरूले बिहीबार अर्थात साउन १ गते देखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। आफूहरुको माग पुरा गर्नेतर्फ...
  • 2.5K
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2.5K
    Shares