विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

८२ पोका गाँजासहित युवती पक्राउ

  • 37
  •  
  •  
  •  
  •  
  •  
  •  
    37
    Shares

भक्तपुर, १० कात्तिक ।अवैध लागुऔषध गाँजा बिक्री वितरण गर्दै गरेको अवस्थामा प्रहरीले आज एक युवतीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्ने सिन्धुली घ्याङलेख गापा–३ तामाजोर घर भई हाल मध्यपुरथिमि नपा–६ कमेरोटारमा खाजाघर सञ्चालन गर्दै आएकी २२ वर्षीया शान्तिमाया वाइवा रहेको छ । गाँजा बिक्री गर्दैगर्दा उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका नायब प्रहरी उपरीक्षक रेवतीरमण श्रेष्ठले जानकारी दिनुभयो ।
प्रहरीले वाइवाको साथबाट पोल्याण्ड भनिने गाँजा ३० ग्राम, गाँजा ८२ पोका अर्थात दुई केजी ४६० ग्राम, गाँजा पोका पार्न राखिएको प्लाष्टिक एक केजी ७०० ग्राम बरामद गरेको छ ।
वाइवामाथि थप अनुसन्धान गरी आवश्यक कारवाही अगाडि बढाएको पनि प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।


  • 37
  •  
  •  
  •  
  •  
  •  
  •  
    37
    Shares
प्रतिक्रिया
Loading...