विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

४२ वर्षीय प्रेमले गरे आफ्नै साथीको हत्या

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २४ माघ । आफ्नै साथीको हत्यामा संलग्न रहेको अभियोगमा खोटाङको साविक चिसापानी गाविस–९ का ४२ वर्षीय प्रेम खड्का भन्ने राजन कटुवाललाई महानगरीय अपराध महाशाखाको प्रहरीले बुधबार पक्राउ गरेको छ ।

सिन्धुलीको सिन्धुलीगढी घर बताउने करीव ४५ वर्षीय एकिन नाम, थर, वतन नखुलेका सानु मगर तथा मोटे नाम गरेका व्यक्ति काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ मुलपानी क्रिकेट ग्राउण्ड नजिकैको सडक छेउमा रगताम्मे अवस्थामा बुधबार मृत फेला परेको घटनाको अनुसन्धानको क्रममा करीव एक महिना अघि आपसमा चिनजान भएका अभियुक्त राजन र सानु दुबैजना राजनको कोठामा भेट भई दुबैबिच विवादको क्रममा हात हालाहाल भएपछि राजनलले सानुलाई लखेटी सडक छेउमा लगेर चिरपट तथा ढुंगाले प्रहार गरी हत्या गरी फरार भएको खुल्न आएको छ ।
घटना पश्चात फरार रहेका अभियुक्त राजनलाई उक्त महाशाखाको प्रहरीले पक्राउ गरी आवश्यक कानुनी कारवाहीको लागि महानगरीय प्रहरी वृत्त बौद्ध पठाएको हो ।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया
Loading...
Subscribe to our newsletter
Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time