३३ किलो सुन प्रकरण : जो अझै फरार छन्

Title of the document

सस्ताेमा वेबसाइट बनाउनु परेमा ९८५११९४७२०

0 Shares

त्रिभुवन विमानस्थलबाट काठमाडौं भित्र्याएर गायब भएको भनिएको साढे ३३ किलो सुन तस्करीका २८ अभियुक्तलाई बुधबार जिल्ला अदालत मोरङमा पेस गरिँदै छ ।

विभिन्न मितिमा पक्राउ परेका उनीहरूको मुद्दा आजबाट पूर्ण रूपमा अदालत प्रवेश गर्ने भए पनि मुख्य अभियुक्त चूडामणि उप्रेती गोरेलाई भने प्रहरीले अहिलेसम्म पत्तो लगाउन सकेको छैन । गायब भएको सुनबारे पनि प्रहरी बेखबर छ ।यो खबर आजको नयाँ पत्रिकामा छ ।

यी हुन् पक्राउ परेका २८ अभियुक्त
साढे ३३ केजी सुन तस्करी प्रकरण र सनम शाक्य हत्या अभियोगमा प्रहरीका पूर्वडिआइजी गोविन्द निरौला, बहालवाला एसपी विकासराज खनाल, डिएसपी सञ्जयबहादुर राउत, डिएसपी प्रजित केसी, सई बालकृष्ण सञ्जेल र जवान सञ्जीव शाक्य पक्राउ परेका छन् । यसैगरी, बालकृष्ण श्रेष्ठ, वीरेन्द्रमान श्रेष्ठ, दोराम खत्री, लालबहादुर मगर, पुण्यप्रसाद लामा, कपिलराम गिरी, गोपालकुमार श्रेष्ठ, भुुजुङ गुरुङ, हेमन्त गौतम, सम्बिरप्रसाद तोलांगी, राजु महर्जन, टेकराज मल्ल ठकुरी, मोहन काफ्ले, नरेन्द्र कार्की, लाक्पा शेर्पा, महावीरप्रसाद गोल्यान (चाचाजी), राजन थापा, राजेन्द्रकुमार शाक्य, अमरमान डंगोल, तुलाराम थारू, राजन कुमार, माधव घिमिरे (मदनप्रसाद घिमिरे) छन् ।

जो अझै फरार छन्
चूडामणि उप्रेती (गोरे), उनका भाइ रमेश उप्रेती, पत्नी नर्वदा खरेल उप्रेती (निरू), मोहनकुमार अग्रवाल (एमके), रक्षा भण्डारी, प्रयास पराजुली, रोहित आचार्य, कृष्ण बस्नेत, मोहमद उस्ताम मिया (रुस्तम), भविन राई (बोलाउने नाम भविन तामाङ), कमल कार्की, सन्दीप खड्का, चेतन भण्डारी, सुनील अग्रवाल, प्रमोद श्रेष्ठ, डोलेन्द्रप्रसाद खरेल, दावा शेर्पा, भोजराज भण्डारी, दुर्गा खरेल (उप्रेती), भीमकुमारी खरेल र सुरेन्द्र गौतम ।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

0 Shares
Title of the document

सस्ताेमा वेबसाइट बनाउनु परेमा ९८५११९४७२०

प्रतिक्रिया दिनुहोस

comment