Saturday, August 15, 2020

२८ औँ अन्तराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा चन्द्रागिरि नगरपालिकाले गर्यो बोसिया खेलकुद प्रतियोगिता

काठमाडौँ । २८ औँ अन्तराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा शनिबार  गुर्जुधारामा  बोसिया खेलकुद प्रतियोगिता भएको छ । चन्द्रागिरि नगरपालिकाको आयोजनामा सम्पन्न उक्त खेलकुद प्रतियोगीतामा २० जना खेलाडीको सहभागिता रहेको थियो ।

प्रतियोगिता औपचारिक सत्रमा आफ्नो मन्तव्य दिदै चन्द्रागिरि नगरपालिकाका वडाका प्रमुख एवं प्रतिनिधीहरु तथा  उपस्थित अतिथीहरुले अपाङ्गता भएका व्यक्तिहरुलाई खेलकुद लगायत हरेक क्षेत्रबाट पुनर्स्थापना तथा सशक्तिकरणमा जोड दिनुपर्ने बताएका थिए ।

कार्यक्रममा उपस्थित वडा प्रतिनिधीहरुले खेलाडीहरुलाई कापी कलमहरु वितरण गर्नुका साथै उनिहरुको हित संरक्षणका लागी स्थानिय सरकारको निरन्तर प्रयासहरु रहने बताए ।

नगरपालिकाकी महिला तथा बालबालिका प्रमुख रश्मी श्रेष्ठ कर्माचार्य, बिभिन्न वडाका प्रमुख एवं प्रतिनिधी, अतिथी र अपाङ्गता भएका व्यक्तिहरुका अभिभावकहरुले बोसिया खेल खेलेर अपाङ्गता भएका खेलाडिहरुलाई हौसला प्रदान गरेका थिए ।

अपाङ्गता भएका व्यक्तिहरुका लागि नेपाल बोसिया संघसँगको समन्वयमा चन्द्रागिरि नगरपालिकाद्वारा आयोजित उक्त खेलकुद प्रतियोगिता कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुको अभिभावक तथा सरोकारवालाहरुलाई समेटेर आयोजना गरिएको कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरुमा आशाको संचार भएको अपाङ्ता भएका व्यक्तिहरुका लागि नेपाल बोसिया संघकी अध्यक्ष गोमा पौडेलले बताउनुभयो ।

  • 92
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    92
    Shares
विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

Must Read

सरकारले बेवास्ता गरेकाे भन्दै निजी विद्यालयले बन्द गरे अनलाइन कक्षा

काठमाडौं। निजी विद्यालयहरूले बिहीबार अर्थात साउन १ गते देखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। आफूहरुको माग पुरा गर्नेतर्फ...
  • 92
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    92
    Shares