Wednesday, October 21, 2020

२८ आषाढ २०७५ बिहिवारको राशिफल

वि.सं. २०७५ साल असार २८ गते। बिहीबार। इश्वी सन् २०१८ जुलाई १२ तारिख। नेपाल संवत् ११३८ तछलागा। आषाढ कृष्णपक्ष। तिथि– चतुर्दशी, ११:२१ बजेउप्रान्त औंसी।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनोरञ्जनमा सहभागीता भइएला । व्यापार,व्यवसायमा लाभ हुनेछ । कार्य शिद्धिको योग छ । शिक्षामा सफलता मिल्नेछ । रोमाञ्चक यात्रा हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । बैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नजिकको व्यक्ति बाट सहयोग मिल्नेछ । अरुको मन जित्न सकिनेछ । रोकिएको धन हात पर्ला । मन प्रफुल्ल रहला । प्रेममा मधुरता छाउला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) पैतृक सम्पत्तिमा विवाद बढ्नेछ । सामान हराउन सक्नेछ सचेत रहनुहोला । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । पारिवारिक समस्या आउनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । रोकिएको धन हाता पर्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नयाँ काम वा रोजगारको अवसर मिल्नेछ । बाहन सुख मिल्नेछ । प्रेमीको सहयोग पाईनेछ । स्वादिष्ट भोजन पाईनेछ । आर्थिक लाभ रहला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिने छ । कार्यमा सफलता पाईनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । शुभ समाचार सुन्न पाइएला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सरकारी निकाएको भय रहला । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । चोटपटक लाग्नेछ । खर्चको मात्रा बढ्नेछ । व्यवसायमा मन्दी आउला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मान प्रतिष्ठामा बृद्धि होला । प्रेम सम्बन्ध कसिलो हुनेछ । लक्ष्मीको शुभ दृष्टि रहला, मनमा उत्साहका साथै बोली बिक्ने समयछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) प्रेमी सङ्ग भेटघाट सम्बन्ध कसिलो हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । बोलीको प्रभाब बढ्नेछ । शुभ समाचार सुन्नमा आउला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कूटनीतिक नियोगको सहयोग मिल्ला । नयाँ व्यक्तिसंग भेट होला । प्रेम र मित्रताको बन्धन गाढा हुँदै जानेछ । शुभ समाचार सुन्नमा आउला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सामान हराउने वा नष्ट हुनेछ । कामहरु अधुरै रहलान् । घर व्यवहारको समस्याले सताउला । सरकारी निकाएको भय रहला ।

  • 10
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    10
    Shares
विश्वास संवाददाताhttps://biswasnews.com/
विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

comment

विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

Must Read

सरकारले बेवास्ता गरेकाे भन्दै निजी विद्यालयले बन्द गरे अनलाइन कक्षा

काठमाडौं। निजी विद्यालयहरूले बिहीबार अर्थात साउन १ गते देखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। आफूहरुको माग पुरा गर्नेतर्फ...
  • 10
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    10
    Shares